पौष १३, तिलोत्तमा 

प्रथम जनज्योती कप नकआउट फुटवल प्रतियोगिता २०७४ को उपाधिका लागि देशभक्त युवा क्लब, नवलपरासी र नारायणघाट फुटबल क्लब, चितवन भिड्ने भएका छन । बिहिबार सम्पन्न निक्कै प्रतिस्प्रर्धात्मक दोस्रो सेमीफाईनल खेलमा नारायणघाट युवा क्लब, चितवनले भैरव स्पोर्ट क्लब, नवलपरासी माथि १–० गोल अन्तरको जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो ।

तिलोत्तमा नगरपालिकाको डिङ्गरनगरस्थित जनज्योती खेलमैदानमा भएको खेलमा अन्तिम समयमा नारायणघाट एफसीका सुधान्स महतोले ८३ औ मिनेटमा आकंषक गोल गरेका थिए । प्रतियोगितामा महतो म्यान अफि दी म्याचबाट पुरस्कृत समेत भए ।

प्रतियोगताको फाईनल खेलका साथै औपचारिक समापन कार्यक्रम शनिबार हुने खेल संयोजक जहरसिह रानाले बताए । यसैगरि शुक्रबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरिएको क्लबका अध्यक्ष मित्रलाल न्यौपानेले बताए । प्रतियोगितामा उपाधी विजेता टिमलाई नगद रू १ लाख ११ हजार १ सय ११ एंव उपविजेता टीमलाई नगद रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, प्रमाणपत्र तथा मेडलको ब्यवस्था गरिएको छ भने, अनुशासित एंव उत्कृष्ट खेल प्रदर्शन गर्ने टोलिलाई समेत रु ११ हजार १ सय ११ सहित ट्रफी, प्रमाणपत्र र मेडलको ब्यवस्था गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाईस्कोरर, अनुशासित खेलाडीलाई समेत ट्रफीबाट पुरस्कृत गर्ने ब्यवस्था रहेको छ ।
रुपन्देहीसंगसँगै नवलपरासी, कपिलबस्तु, दाङ्ग, चितवन , लगायतका जिल्लाबाट गरि कुल १६ वटा क्लबको सहभागिता रहेको प्रतियोगितामा ५ जनासम्म बिदेशी खेलाडी समावेश गराउन पाउने नियम राखिएको छ । प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागी १०० रुपैया टिकटको ब्यवस्था गरिएको प्रतियोगितामा महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका तथा बृद्दबृद्दालाई निःशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

SHARE