मोहन न्यौपाने , तिलोत्तमा । लागुपदार्थ दुर्व्यसन बिरुद्द जनचेतना जगाउने उदेश्यले जनज्योति क्लब तिलोत्तमा-४ को आयोजना तथा आस्था समूह बुटवलको सह-आयोजनामा “प्रथम आस्था जनज्योती भेट्रान सेभेन ए-साइड नकआउट फुटबल प्रतियोगिता २०१८” हुने भएको छ ।

यहि भाद्र ९ गतेदेखि ३ दिनसम्म जनज्योति मैदान डिङ्गरनगरमा हुने सो खेलमा १२ टिमले सहभागिता दिनेछन् । रुपन्देहीका ४ टिम भलुही , सहआयोजक आस्था समूह, आयोजक जनज्योति , बुटवल भेट्रान र सुनौलो संगम सहित कपिलबस्तु , पोखरा, चितवन , नवलपरासी , सुनवल ,रजहर, अभिषेक चर्च लगायतको टिम रहने सो प्रतियोगितामा ३ दिनसम्म दैनिक २ खेल हुनेछ ।

एक टिममा ७ खेलाडी सहित ३ जना एक्स्ट्रा गरि १० जना समेटिने सो प्रतियोगितामा ४० / ३० मिटरको खेल मैदानरहने आयोजक सस्थाका खेल संयोजक जहर सिंह रानाले बताए । ४० बर्ष माथिका खेलाडीको सहभागिता रहने सो खेल हेर्दै मनोरन्जनात्मक र रोचक रहने आयोजक को ठम्याइ छ । युवाहरुलाई लागुऔसधबाट टाढा राख्न अभिभावक कै भूमिका मुख्य जिम्मेबार हुने भएकाले युवाहरुमा जनचेतना जगाउन अभिभावक बीच यसक्षेत्रमा पहिलोपटक फुटबलको नया तथा फरक अनुभूति खेलबाट लिन खोजिएको आस्था समुहका अध्यक्ष केशव पुन मगरले बताए ।

तिलोत्तमा नगरपालिकाको फोहोर हटाउ अभियानमा सक्रिय रहदै आएको जनज्योति क्लबले दुर्व्यसनी बिरुद्दको अभियानको शुरुवात गर्दै अबको एक बर्षभित्र शुरुमा वार्ड न ४ र समग्र तिलोत्तमा नगरपालिकालाई दुर्व्यसन मुक्त गराउन सो प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष मित्र न्यौपानेले बताए । ” खेलमार्फत दुर्व्यसनी बिरुद्दको जनचेतना घर घरमा लैजाने हाम्रो उदेश्य हो”- अध्यक्ष मित्र न्यौपाने ले भने । अनुमानित खर्च ४ लाख रहेको सो प्रतियोगिता यस क्षेत्रमै पहिलोपटक भएकाले दर्शक र खेलप्रेमीका लागि नौलो अनुभव हुने उनको भनाइ छ ।

आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै न्यौपानेले क्लबले गर्न लागेको यस पुनित कार्यमा सबैको सहयोग जरुरि भएको र उल्लेख्य सहभागिता रहनेमा आफु ढुक्क रहेको बताए ।

भाद्र ९ गते देखि ११ गतेसम्म हुने सो प्रतियोगितामा बिजेतालाई नगद रु ७० हजार र उपविजेताले रु ३५ हजार प्राप्त गर्ने छन् भने म्यान अफ द म्याच र उत्कृस्ट खेलाडीले बिशेस पुरष्कार तथा शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाहिरि जिल्लाबाट आउने टिमलाई मध्यनजर गर्दै बस्ने सुबिधा सहित प्रवेश शुल्क ७ हजार राखिएको छ, भने आफ्नै बस्ने खाने सुबिधा गरिएको खण्डमा टिम दर्ता नि:शुल्क रहने सह-आयोजकका तर्फबाट सुबिन कार्कीले बताए ।
खेल मैदानको साइज,फुटबल र गोल्पोस्टको साइज पनि साबिकभन्दा सानो हुने हुदा खेल थप रोचक र खेलाडिमा पनि नया अनुभव हुने आयोजकको दावी छ ।

शेयर