मोहन न्यौपाने , बुटवल । आफ्नो प्रमोशानल यात्रा तिब्र बनाएका “मेरीमामु” निर्माता सन्तोष सेनले भाद्र १५ बाट देशभर प्रदर्शन हुने फिल्म “मेरीमामु”को प्रदर्शनबाट सबै आमा र छोराछोरी बिचको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाउने बताएका छन् । बुटवलमा भाद्र १० गते मेरिमामु रमाइलो कन्सर्ट लिएर आएका सन्तोषले पोखरा, बुटवल, चितवन, इटहरी, दमक, धरान आदि शहरमा फिल्मका मुख्य कलाकारका साथमा देशका प्रमुख शहरहरुमा सो कन्सर्ट गर्ने बताएका छन् । बालमनोविज्ञानमा आधारित साइकोलोजी फिल्म भन्न रुचाउने निर्माता सन्तोष सेनले आफ्नो फिल्मको प्रदर्शनपछि हरेक परिवारमा आमा र छोराछोरी बिचको सम्बन्ध अझ प्रगाढ र सुमधुर बन्नेमा आफु ढुक्क रहेको बताएका छन् ।

आफ्नै कान्छो छोरो अयुब सेनलाई प्रमुख भूमिका दिएका उनले छोरासंगै उसको साथीको भूमिका निर्बाह गरेका बुट्वलकै प्रतिभा क्रिजन गौतम र बिशेस भूमिकामा कुकुरको अभिनयले दर्शकको मनछुने बताएका छन् । सारुक ताम्राकारलाइ बुवाको भूमिका दिएका उनले नव-अभिनेत्री कुसुम गुरुङलाइ आमाको भूमिका निर्वाह गराएका छन् । भाद्र १५ गतेबाट देशव्यापी प्रदर्शनका आउन लागेको फिल्म “मेरीमामु” मा उनी ७ वर्षे आयुब सेनको आमाको भूमिकामा छिन् ।
अहिले चर्चामा रहेको गीत र ट्रेलरले गति लीइरहदा नायिका अश्लेशा ठकुरीलाइ पनि दर्शकले पुन : सन्तोषकै फिल्ममा देख्न पाउने भएका छन् ।चलचित्र “मेरीमामु” ले फिल्म नै लिड गर्न सक्ने एउटा नया बालकलाकारलाइ उदय गराउनेमा ढुक्क छन् निर्माता सन्तोष सेन । उनको आफ्नै छोरा आयुब मात्र होइन क्रिजनले पनि फिल्मनै लिड गर्न सक्ने भूमिकाको लागि तयार भएको खुलाशा गरेका छन् । क्रिजनको भूमिकाको बारेमा बोल्दै उनले आयुबको प्रमुख भूमिका भएपनि उसको जिबनमा आइपर्ने उतार चढावहरुलाई क्रिजनले फिल्ममा साथ् दिदै सम्झनायोग्य अभिनय गरेको बताए ।फिल्म “मेरीमामु” यहि भाद्र १५ गते खुल्ला रिलिज सहित देशभर प्रदर्शन हुदैछ ।

शेयर