तिलोत्तमा नगरपालिकाको आयोजना तथा स्थानिय एफ.एम. रेडियो लुम्बिनीको संयोजनमा नगरपालिकाको सेवा प्रबाह काम-कारबाहीको बिषयमा नगरबासी सामु सार्बजनिक सुनुवाई हुने भएको छ । यहि अशोज २ गते मंगलबार मणिग्राम स्थित गिर्वाण स्कुल मन्दिर सभाहलमा बिहान ११ शुरु हुने सो सार्बजनिक सुनुवाई कार्यक्रममा स्वयम् नगरप्रमुख तथा सबै शाखाप्रमुख एबम वार्ड अध्यक्षहरुले जनगुनासो र सुझाब प्रतिक्रिया एबम काम कारबाहीका बारेमा जवाफ दिनेछन् ।

करिब २ घण्टा चल्ने सो कार्यक्रमको सम्पूर्ण तयारि सकिएको छ भने सेवाग्राहीहरुमा परेको कुनै कठिनाइ भएमा नगरपालिकाले त्यसको सहज सुझाव प्रदान गर्नेछ । सो कार्यक्रममा आफुमा भएको कुनै जिज्ञासा , सल्लाह सुझाव भए सबै नगरबासि उपस्थित भै सुझाब राख्नुहुन नगरपालिकाले समेत अनुरोध गरेको छ ।

SHARE