तिलोत्तमा, कार्तिक ८ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटबल प्रतियोगिताको बिहीबारको खेलमा संयुक्त युवा क्लव बुटवल विजयी भएको छ । संयुक्तले डिएमसी तुलसीपुरलाई दुई–शुन्य गोल अन्तरले हराएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा डिएमसीको निकै राम्रो प्रस्तुति रहे पनि कुनै गोल भने गर्न सकेन । संयुक्तको जितका लागि पहिलो हापको ३ मिनेटमा शरद क्षेत्री र दोसो हापको ११ औं मिनेटमा निकिन थापाले समान एक–एक गोलको योगदान गरेका थिए ।

शिवपुर सामुदायिक विकास संस्थाको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत् शुक्रबार लिस्नु युवा क्लव कोटिहवा र लुम्बिनी खुकुरी क्लव बेलहियाबीच प्रतिस्पर्धा हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । शिवपुर माविको खेल मैदानमा कार्तिक ५ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । २० गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार सहित पुरस्कार प्राप्त गर्नेछन ।

शेयर