बुटवल ।
नेकपाको आयोजनामा आज मध्यान्ह बुटवलमा हुने सन्देश सभा तथा शुभकामना कार्यक्रममा सहभागि हुन नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्ड र महासचिव तथा पुर्वमन्त्रि बिष्णु पौडेल रुपन्देही आउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओली भने स्वास्थ्यका कारण कार्यक्रममा सहभागि रुपन्देही नआउनु  हुने भएको छ ।
अध्यक्ष दाहाल र महासचिव पौडेल बिहान सवा ८ बजेको पहिलो फ्लाइटमा काठमाण्डौबाट भैरहवा आई अहिले भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तरराष्टिय बिमानस्थलको अवलोकन गर्नु भएको छ ।
बुटवलको बुटवलमण्डपमा  बिजया दशमी, दीपावली, छठ, नेपाल सम्वत लगायतका पर्वका अवसरमा आयोजना गरीएकोसन्देश सभा तथा शुभकामना कार्यक्रममा अध्यक्ष महासचिव संगै पार्टीका स्थायी कमिटि सदस्य तथा कृषि मन्त्रि चन्द्रप्रकाश खनाल बलदेव, प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्रि शंकर पोखरेल , प्रदेश अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्ति,  टोप बहादुर रायमाझि, छबिलाल बिश्वकर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अस्तिदेखि गृह जिल्ला रुपन्देही रहनु भएका नेकपा स्थायी समितिका सदस्य घनश्याम भुसाल भने आज बिहान एकाएक दागं जानु भएको छ ।
यसैबिच कार्यक्रमस्थल बुटवलमण्डपमा नेकपाका युवा नेताहरुले बिशेष तयारी गरीरहेका छन । युवा नेताहरु राजेन्द्र ढकाल, बाबुराम पन्थि, सरोज पोखरेल,बाबुराम बोहोरा, शोभाखर पोखरेल , दामोदर घिमिरे, अनुप पोखरेल, सुदन अधिकारी दिलिप अधिकारी लगायत बिहानैदेखि कार्यक्रमस्थलमा खटिएर माइक, पानी, सुरक्षा सहितका तयारी गरीरहेका छन । नेकपाले आजको कार्यक्रममा करिव एक लाख मान्छे उतार्ने तयारी गरेको छ ।

      भुसाल अनुपस्थित हुने भएपछी बुटवलमा टिप्पणी

पार्टीका स्थायी कमिटि सदस्य तथा कृषि मन्त्रि चन्द्रप्रकाश खनाल बलदेव, प्रदेश इञ्चार्ज तथा मुख्यमन्त्रि शंकर पोखरेल , प्रदेश अध्यक्ष तथा पुर्व सभामुख ओनसरी घर्ति, टोप बहादुर रायमाझि,छबिलाल बिश्वकर्मा लगायतका नेताहरु पनि कार्यक्रममा सहभागिताका लागि रुपन्देहीमा हुनुहुन्छ । तर ३ दिनदेखि गृह जिल्लामा रहनु भएका पार्टी स्थायि समिति सदस्य तथा प्रखर वक्ता घनश्याम भुसाल आज बिहान एकाएक दागं जानु भएको छ ।

आफनै गृह जिल्लामा बृहत्तस्ररको कार्यक्रम हुदा भुसाल अनुपस्थित हुने बिषयलाई अर्थ पुर्ण रुपमा हेरीएको छ । कतिपय नेता कार्यकर्ताले महासचिव पौडेल पक्षको कार्यक्रममा हाबी हुने देखेर भुसाल कार्यक्रममा नआउने आकलन गरेका छन । यस सम्वन्धमा मोवाइल सम्पर्क राख्न खोज्दा भुसालको फोन उठेन । उहाका सहयोगीहरुले आज दागंमा पुर्व निर्धारित २ वटा कार्यक्रम भएकाले दागं जानु भएको बताएका छन ।  नेता भुसाललाई अस्ति रुपन्देही आईसकेपछी मात्रै कार्यक्रमका सम्वन्धमा जानकारी गराईएको थियो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओली स्वास्थ्यका कारण अनुपस्थित हुने र भुसाल समेत अनुपस्थित हुने भएपछी कार्यक्रका सम्वन्धमा बुटवलमा टिप्पणी सुरु भएका छन । पुर्व एमालेका कतिपय कार्यकर्ताले आजको कार्यक्रमलाई पार्टी महासचिव पौडेलको कार्यक्रम भएको टिप्पणी गरेको पनि सुनिएको छ ।

शेयर