डा. युवराज पन्थ  । शरीरमा अत्यधिक एडिपोज (बोसो) संचितहुने अवस्थालाइ मोटोपन भनिन्छ । जब जनावरको शरीरको वजनभन्दा कम्तिमा २० प्रतिशतभन्दा अधिकहुन्छ, सामान्य रूपमा मोटोपन भनेर परिभाषित गरिन्छ । कुकुरहरुमा अधिकवजन वा मोटोपनले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । कुल् जनसन्ख्याको आधा जनसंख्यामा देखिने यो रोग, कुकुरहरु र बिरालोहरूको सबैभन्दाव्याप्तविकार हो ।

एक अध्ययन अनुसार उत्तरी अमेरिकामा कुकुर जनसंख्याको लगभग २५ देखि ३० प्रतिशत कुकुरहरुमामोटोपना देखिएको छ, जसमध्य ४०देखी४५ प्रतिशत कुकुर ५ देखी११ वर्षउमेरका छन् । त्यसै गरि अन्य अध्ययनहरुमा संयुक्त राज्य अमेरिका तथा युकेका आधा कुकुर संख्या मोटोपनाको शिकार बनेको पाइएको छ ।
कुकुरहरुमा मोटोपना निम्ताउने निम्नकारणहरु हुन् :
दैनिक उच्च क्यालोरि भएको खाना सेवन:
आहारामा क्यालोरिको रुपमा लिइएको उर्जा भन्दा त्यस उर्जाको खर्चमा (हींडडुल गरेर, खेलेर) कमिभयो भने, त्यसलाइ सकरात्मक उर्जा सन्तुलन (Positive Energy Balance) भनिन्छ । ५ देखि ११ वर्ष उमेरका कुकुरहरुमा उर्जा आवश्यकता कम हुन्छ, त्यसैले जब उच्च क्यालोरि भएको आहार यि कुकुरहरुलाइ खुवाइन्छ, शरिरको तौल बढ्न गइ मोटोपन बढाउँछ । त्यसैगरि घरमा धेरै कुकुरहरुसंग पाल्दा प्रतिश्पर्धाको भावना विकास भइ, आफुलाइ खानानपुग्ने डरमा भोक नभएपनि धेरै खाने गर्दछन् ।
व्यायामको कमि:
यदि कुकुरले राम्रोसङ्ग खाइरहेको छ तर पर्याप्तशारिरिक कसरतमको कमि छ भने, उर्जा खर्च नहुंदा मोटोपना बढ्छ ।कुकुरहरुको प्रजातिरनस्ल:
केही कुकुर प्रजातिहरू (बीगल, ड्याचन्ड, बक्सर आदि) मामोटोपन व्याप्त समस्याहो । स्वस्थ वजन बनाई राख्न यिनी प्रजातिको लागि उचित आहारहरु सिफारिश गरिन्छ।
उमेरस्
कुकुरको उमेर व्रिद्धि संगै चयापचय Metabolism कम हुन्छ र युवाउमेर जस्तो सक्रियहुंदैन । तसर्थ यो उमेरमायुवाअवस्थामादिइएको जस्तो क्यालोरि युक्तखानाले आवश्यक्ताभन्दा धेरै उर्जा संकलन् हुन्छ र मोटोपना बढाउँछ ।

कुशिङ् डीजिज (Cushing’s Disease):

यो रोग लागेमा कुकुरमा खानाप्रति रुचि धेरै हुने र धेरै खाने हुन्छ जसले गर्दा कुकुर मोटाउने र थाक्ने हुन्छ।

हाइपोथीराइड्रिजम् (Hypothyroidism)
हाइपोथीराइड्रिजम् भएको अवस्थामा कुकुरको शरीरमा थाइरोइड हार्मोनको अपर्याप्त स्तर हुन्छ। थाइरोइड हार्मोनले ऊर्जा नियन्त्रण गर्छ। जब कुकुरले धेरै वजन लिन सक्छ।
वन्ध्याकरण :
वन्ध्याकरण गरिएका कुकुरहरु पहिलेभन्दा हींड्डूल् कम गर्ने र शरिरलाइथोरै मात्रामा क्यालोरि चाहिने भएकोले पुर्ण आहारा दिंदा मोटोपना आउन सक्छ ।

मोटोपनाको प्रभाव:
अत्यधिक बोसोले कुकुरको स्वास्थ्यएवं दिर्घपनमा असर पार्दछ । मोटाइको कारणले छोटो आयुको साथै धेरै स्वास्थ्य जोखिमहरु आइपर्छन । शरीरको बोसो धेरै हुन्छ र शरीरका प्राकृतिक प्रकृयाहरुमा असर पर्दछ । अत्यधिक मोटोपनाले पाचन प्रणाली, श्वासप्रश्वासका अङ्गहरु तथा हड्डिलाई असर गर्दछ । यसको कारणले मधुमेह, ओस्टियोआर्थराइटिस, उच्च रक्तचाप, कमप्रतिरक्षा प्रणाली, सबै प्रकारका क्यान्सर, हृदय रोगको शिकार बन्दछ ।
मोटोपनाहुननदिने उपायहरु :
-आहार : दैनिकआहारको निगरानि । कुकुरले खाने आहारमा पोशक तत्वको सन्तुलन तर क्यालोरि कम हुनुपर्दछ् ।
-अभ्यास: कुकुरलाइ नियमित व्यायाम (स्विमिंग, हिड्ने, आदि) आवश्यक हुन्छ । नियमित व्यायामले क्यालोरी जलाउने सहयोगको साथमा, श्वास तथा रक्तिय प्रणालीको उचित संचार, पाचनमा विकास, मांसपेसिलाइ तन्द्रुस्त राख्न, र कोशिकाहरुमा ओक्सीजन पुर्याउन मद्दत गर्दछ।
ड्ड निर्धारित आहार, व्यायाम र कुनै पनि परिवर्तनको लागिपशु चिकित्सक वा प्राविधिक संग परामर्श गर्नुपर्दछ ।

मोटोपन भएका कुकुरहरुमा क्यान्सर, मधुमेह, हृदय रोग र उच्च रक्तचाप, ढाडको समस्या र अन्य स्वास्थ्य समस्याहरूको विकासको खतरा बढेको छ। त्यसैले आफुले पाल्ने कुकुरहरुको आहारा र शारिरिक व्यायाममा ख्याल राखि यो समस्याको निराकरण गरिनुपर्दछ ।

लेखक प्राविधिक अधिकृत
लुम्बिनि एग्रो ईन्डस्ट्रिज, बुटवल

शेयर