मोहन न्यौपाने / तिलोत्तमा कार्तिक १९ । आफ्नो शिक्षा निर्देशिका तथा शिक्षा नियमावली सार्बजनिक गरिसकेको तिलोत्तमा नगरपालिकामा अहिले बिद्यालयमा एउटै रंग रोगन गर्ने कार्य सम्पन्न हुन लागेको छ । तिलोत्तमा नगरपालिका भित्र भएका सबै विद्यालयको रंग एउटै लगाइने नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले बताए । अहिले रातो र गाढा पहेलो रंगले सबै स्कुललाई रङ्गइएको छ ।

तिहार लगत्तै सम्पन्न गर्ने तयारि रहेको सबै स्कुलको रंग रोगनको काम सकिएको श्री जन जागृति माध्यामिक बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद पौडेलले बताए । आधारभूत र मावि गरि ४४ बिद्यालय रहेको तिलोत्तमा नगरपालिकामा रंगरोगनका लागि हालसम्म २३ वटा विद्यालयले सम्झौता गरिसकेका छन् भने बाकि बिद्यालयले कार्तिक महिनासम्म भ्याउने गरि कामगर्ने जनाएका छन्। आफ्नै ठेकेदारीमा विद्यालयले सो काम गराइरहेको र रंगरोगनका लागि अग्रिम सम्झौता विद्यालयले नगरपालिका सामु गर्नुपर्ने प्रबक्ता श्रीले बताए ।

उनले सो रंगरोगनको कार्य भ्याए लगत्तै बालाबिकाशाका लागि मन्टेश्वरी शिक्षालाइ दरिलो बनाउन तथा बालबालिकाको मनोविज्ञान बुझी अध्यापन गराउन २ लाख बराबरको सबै शैक्षिक सामग्री बिध्यलायालाई हस्तान्तरण गरिने बताए । अहिले श्री जन जागृति मावि तिलोत्तमा २ जोगिकुटिको रंगरोगन सकिएको प्रधानाध्यापक टंक पौडेलले तिलोत्तमा सिटीलाइ बताए ।

शेयर