तिलोत्तमा, कार्तिक  । रुपन्देहीको तिलोत्तमा–११ शिवपुरमा जारी दोस्रो शिवपुर कप फुटवल प्रतियोगिताको फाईनल खेलमा संयुक्त फुटबल क्लब, बुटवल र झरना स्पोर्टस् क्लव कुञ्जलापुर भिड्ने भएका छन् । आइतबार भएको अन्तिम सेमिफाईनल खेलमा जनज्योति युवा क्लब डिङ्गरनगरलाई शुन्यका विरुद्ध एक गोलले पाखा लगाउदैं संयुक्त युवा क्लबले फाईनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरेको हो । यसअघि शनिबार भएको पहिलो सेमिफाईनल खेलमा फर्साटिकर युवा क्लबले फाईनल सम्मको यात्रा तय गरिसकेको थियो ।

आइतबार भएको खेलमा दोस्रो हाफको ७ औं मिनेटमा संयुक्त युवा क्लबका अमृत तमुले प्रहार गरेको बल गोलमा परिणत भएपछि उक्त गोल नै निर्णयक बन्न पुग्यो । पहिलो हाफमा उल्लेख्य सम्भावनाहरु बनाए पनि गोल हुन नसकेपछि दोस्रो हाफको सुरुबाटै संयुक्त युवा क्लब खेलमा हावी भएको थियो ।

यसअघि शनिबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा फर्साटिकर युवा क्लव फर्साटिकरलाई चार–एक गोल अन्तरले रोक्दै झरनाले फाईनल उपाधिमाथि दाबेदारी दिएको थियो । १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल शिवपुर माविको खेल मैदानमा मंगलबार दिनको २ बजे देखि सुरु हुने खेल संयोजक केदारचन्द्र पराजुलीले जानकारी दिनुभयो । कार्तिक ५ गते देखि सुरु भएको सो प्रतियोगिताको बिजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित पुरस्कार प्राप्त गर्नेछन् ।

शेयर