नेपाल तरुण दल रुपन्देही क्षेत्र नम्बर २ को आयोजना र तरुण दल वडा नम्बर ४ बुटवलको सह आयोजनामा शुभदिपावली तथा छठ पर्व २०७५ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राज्य मन्त्री तथा नेपाली काग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले दिपावली शब्द जस्तै हरेका नागरीकको घर घर मा उज्यालो छर्न सफल हुने बताएका थिए । उनले उज्यालो पर्वको रुपमारहेको दिपावलीले वास्तवमा नै हरेक नेपालीको घर घर मा उज्यालो को प्रतिको रुपमा लक्ष्मीले बास गर्न सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काग्रेस जिल्ला सचिव रामकृष्ण खाँणले दिपावली, छठ पर्वको शुभकामना दिदै सबैको घर घर मा लक्ष्मीको बास अुने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा नेपाल तरुण दल रुपन्देही क्षेत्र नम्बर २ का सभापती हसन्त लामाले सबैलाई एकता, भाई चाराको पर्वको रुपमा विकास भएको दिपावलीको शुभकामना दिदै तरुण एकतामा विशेष जोड दिएकाथिए । कार्यक्रममा देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्री, बुटवल उवासंघका पुर्व अध्यक्ष महेशमान सिंह, नेपाली काग्रेस बुटवल नगर सभापती खेलराज पाण्डे, तरुण दल पुर्व जिल्ला सभाती चिरन्जीवी जोशी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

शेयर