मणिग्राममा संघीयतामा वित्तीय संहिता विषयक प्रदेश स्तरीय गोष्ठी सम्पन्न

सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमटेड तिलोत्तमा ३ शंकरनगरले संघीयतामा वित्तीय संहिता विषयक प्रदेश स्तरीय गोष्ठी मणिग्राममा सम्पन्न गरेको छ । संस्थाको रजत वर्षको कार्यक्रम अन्तर्गत अध्यक्ष चुडामणि खरेलको अध्यक्षता तथा प्रदेश नं ५का उद्योग वन तथा वातावरण मन्त्री लिला गिरीको प्रमुख आतिथ्यमा सम्पन्न गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले सहकारी आन्दोलनले समवर्गीय समाज निर्माण गरी समाजवाद उन्मुख दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले विगतमा भन्ने र गर्ने कुरामा तालमेल नहुँदा समस्या उत्पन्न भएको उल्लेख गर्दै सहकारीले हिजोका महाजन तथा बैंकहरुले जस्तो नगरी कृषि, जडीबुटी,फलफुलतथा सहकारी खेतीतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । विशिष्ट अतिथि तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले सरकारको दायित्व सहकारीले पूरा गरको उल्लेख गर्दै राजनैतिक संघीयताकार्यान्वयनको चरणमा आएपनि वित्तीय र प्रशासनिक संघीयता कार्यान्वयनमा आउन बाँकी रहेको बताउनुभयो ।उहाँले तिलोत्तमा नगरपालिकामा सहकारीहरुको ६ अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै नगरपालिकाले लगानीसम्मेलन मार्फत उत्पादनमूलक क्षेत्रमा लगानीका लागि पहल गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेप्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले वित्तीय संघीयताको अर्थ राजनीतिमा वित्तीय सहकारीको कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान पच्चीस वर्षमा सहकारीहरुको वृद्घि र विकासको नीतिगत मार्गचित्र प्रस्तुत गर्नुभयो ।उहाँले समृद्घ नेपाल र सुखी नेपालीको राजनैतिक आयामलाई पूर्णता दिन वित्तीय संघीयतामा आधारित वित्तीय सहकारीको कार्यदिशा निश्चित गर्नु अपरिहार्य रहेको उल्लेख गर्दै संविधानको परिकल्पना अनुसार राज्य सहकारी र निजी क्षेत्रमा आधारित अर्थनीतिलाई साकार पार्न सहकारीको प्रवद्र्घन अनिवार्य रहेको बताउनुभयो ।
संस्थाका सल्लाहकार दामोदर भुसालको सञ्चालन तथा कार्यक्रम संयोजक प्रकाश भट्टराइको स्वात रकार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा कार्यपत्रमाथि टिप्पणि गर्दै सहकारी विद् डा. खगराज शर्माले कार्यपत्रले धेरै विषय समेटेको उल्लेख गर्दै सहकारी अभियानले वित्तीय मध्यस्तता दायित्व लिने कुरा सह्रानीय भएको बताउनुभयो ।उहाँले विषयगत सहकारकिा धेरै सञ्जाल धेरै आवश्यक नरहेको भन्दै सहकारीको चर्को ब्याज नियन्त्रण्मा जोड दिँदै उत्पादन र बजार केन्द्रित कामका लागि साकास केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश ५का अगुवा सहकारीका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागितामा सम्पन्न गोष्ठीमा सहभागीहरुका जिज्ञासाको सहजकर्ता परितोष पौडेलले समाधान गर्नुभएको थियो ।
शेयर