कार्तिक ३० ।वार्ड को सुरक्षा चुनौतीलाई बिशेस ध्यानमा राख्दै तिलोत्तमा नगरपालिका वार्ड न ४ ले आफ्नो सुरक्षा योजना बिस्तार गरेको छ। आफ्नो क्षेत्रमा भएका सबै खाले सुरक्षाका निम्ति सामुदायिक सुरक्षामा प्रहरीको निगरानी बढाउने उदेश्यले तिलोत्तमा नगरपालिका ४ नं. वडा कार्यालय र अस्थायी वडा प्रहरी चौकी ड्राईभरटोलको संयोजनमा समुदाय–प्रहरी साझेदारी समिति गठन गरिएको । वडाध्यक्ष दिवाकर ढकालको संयोजक र प्रहरी चौकी प्रमुख रुम बहादुर खत्री उप–संयोजक रहनेगरी १७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा जनप्रतिनिधि, प्रहरी, शैक्षिक संघ–सस्था, नागरिक समाज, पत्रकारलगायतको प्रतिनिधित्व रहेको समिति उप–संयोजक खत्रीले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा वडा सदस्यहरु हरिमाया श्रेष्ठ, रमेश प्रसाद आचार्य, प्रहरी हवल्दार हिराधर उपाध्याय सदस्य सचिव चयन भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा हरिबहादुर क्षेत्री, रामु राना, मातृका ज्ञवाली, जनज्योति माध्यमिक विद्यालयका प्रअ रघुनाथ पोखरेल, सिद्धार्थ बोर्डिङ स्कुलका प्रअ यम बहादुर राना, जनज्योति क्लबका मित्रलाल न्यौपाने, मिलन आमा समूहकी धनमाया राना, टोल विकास संस्थाका जितेन्द्र जिसी, नेत्र बहादुर खत्री र ओम प्रकास गुरुङ रहेका छन् ।
तिलोत्तमा नगरपालिका मै पहिलो पटक आफु हरुले सुरक्षाका निम्ति समुदायलाई निश्फ़िक्रि आफ्नो घर संघ सस्था पेशा ब्यबसाय उद्योग लगायतको क्षेत्रमा सुरक्षित महसुस गराउन सो कार्यको थालनी गरिएको वार्ड अध्यक्ष ढकालले बताएका छन् ।

शेयर