शंकरनगर क्रिकेट क्लबले आज खेलाडी सम्मान तथा जर्शी वितरण समारोह सम्पन्न गरेको छ।  यहि मङ्सिर १ गते देखि शुरु हुन गैरहेको टिपीएलमा सहभागी हुन लागेको क्लबले आफ्ना खेलाडि परिचय गराउदै आफ्नो जर्शी समेत प्रदर्शन गरेको छ । क्लबका अध्यक्ष निरज बराल को अध्यक्षता तथा स्थानिय समाजसेवी कल्याण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सबै खेलाडीलाइ सम्मान तथा आफ्नो नामको जर्शी हस्तान्तरण गरिएको थियो ।
अघिल्लो बर्षको टिपिएलमा सेमी फाइनलसम्म पुगेको सो क्लब यस बर्षको खेलमा आफ्नो क्लबमा नेपालबाट खेल्ने रास्ट्रिय खेलाडीहरु धेरै भएकोमा उपाधि चुम्न सकिने आशा रहेको क्लबका अध्यक्ष निरज बराल ले बताए ।
सो कार्यक्रममा बोल्दै जागृति युवा क्लबका अध्यक्ष अर्जुन प्रसाद पौडेलले स्थानिय युवाहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन यस्तो खेलको अभ्यासले योगदान पुग्ने भन्दै खेलमा उपाधि चुम्न सफल होस् भनि शुभकामना दिएका थिए ।
त्यस्तै क्लबका सहयोगी तथा अतिथि ज्ञानु कार्कीले खेल र खेलाडीको सम्मानमा सबै डटेर लाग्नुपर्ने र खेलकुदको बिकाशमा सबै एकताबद्द हुनुपर्ने बताए ।
त्यस्तै सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि कल्याण पौडेलले खेल र खेलाडी एक सिक्काको दुइपाटा भएकाले सरकारी र गैर सरकारी संघसस्थाबाट यसको क्षेत्रलाई  फराकिलो बनाउन भूमिका खेल्नुपर्ने बताए । उनले समाजमा रहेर कुलत र विसंगतिमा लागेका युवा खेलकुदमा लाग्दा समाज र देश बिकाशमा टेवा पुग्ने भन्दै क्लबको सफलताको कामना गरेका थिए ।
क्लबको सो कार्यक्रममा नेपालि राष्ट्रिय टिमका रोहित पौडेल , शुसंता भारी, सन्जिब सुनार, रुपेश बास्तोला लगायतका सबै खेलाडीलाई सम्मान गरिएको थियो। सो अवसरमा प्रमुख अतिथि कल्याण पौडेल , सभापति निरज बराल , गोकुल चापागाईं , प्रशिक्षक  बसन्त शाहीले सबै खेलाडीलाई ड्रेस हस्तान्तरण गरेका थिए सो कार्यक्रमको संचालन गंगाराम सुनारले गरेका थिए  ।
शेयर