मोहन न्यौपाने , बुटवल । एउटै बिषयले ओकलेको कथा ! परापुर्व कालदेखि समाजमा चल्दै आएको घटना जसलाई एउटा पबित्र मन्दिर भनेपनि खासै फरक पर्दैन। उही मन्दिर भित्रका पुजारी र धर्मानुरागी हामी जनता । छुवाछुत भित्र रहेको समाजबाट जति टाढा हुन खोजे नि नसकेको समाज अनि समाजको पछाडी लागेको बास्तबिक कहालीलाग्दो जिबन संघर्ष, त्यहि कथाको अनुरुपता हो प्रसाद ।

ग्रामिण भेगमै कथा सक्याएको मौलिकता भित्र आधुनिकता बोकेको शहर पनि लुकेको देखिन्छ यसको पछाडी निर्देशक दिनेश राउत निकै चल्ती देखिन्छन उनले कुनै कसुर बाकि राखेका छैनन् सबै जसो स्थानमा निर्देशकीय क्षमता देखाउन । पहिल्यै अनुमान लगाउदै मनोवृति धकेल्दै फिल्म हेर्ने हरुका लागि कथाले न्याय गरेको छ । हेर्दा एउटा साधारण लाग्ने कथाले देश , बेरोजगारी , गरिबी , छुवाछुत , भेदभाव र समाज अनि जनता बिचको दुरी नजिक पारेको छ ।

आफुमा भएको सिप दुखेसोमा काम लाग्ने गराएका बिपिन कार्कीको शशक्त अभिनय कुनै कालजयी गायक गायिकाको संघर्ष र सफलता भन्दा कम छैन । त्यहि सुनमा सुगन्ध थपेकी नम्रता श्रेष्ठले हेर्दा नाटकीय लाग्ने मौलिक अभिनय गरेकी छिन । गरिबी र बेरोजगारीलाई ट्याक्क टेकेर अभिनय गरेका निश्चल बस्नेत फेरी कालेदाई किल्लर को भूमिकामा जमेका छन् । यिनै ३ कलाकारको बास्तबिक जिबन र प्रयोगको खुड्किलोको सान्दंर्भिक कथा हो प्रसाद अहिले देशभरिका सबै जसो हलमा दोस्रो सातामा सफलतापुर्बक चलिरहेको फिल्मलाइ अहिलेको मौलिकता भित्रको सामाजिक कथाको रुपमा हेरिएको छ ।

‘मन्दिर भनेको पवित्र स्थल हो। त्यहाँ ईश्वरको बास हुन्छ। चढाइएका सबै नैवेद्य भगवान्का प्रसाद बन्छन्। विशुद्ध प्रसाद। कस्तो हातले चढायो ? कुन जातिले चढायो ? वा कत्ति स्वच्छ चढायो ? कसैले सोध्दैन।’ फिल्म ‘प्रसाद’को अन्त्यमा यस्तै केही सुुनाउँछन् अभिनेता विपिन कार्की (बाबुराम परियार)। अन्त्यतिर बोलिने यो संवादले सम्पूर्ण फिल्मको सार बताउँछ।
कमेडी फिल्मले धानेको अहिलेको नेपाली फिल्मको बजारमा निर्देशक दिनेश राउतले ‘प्रसाद’ मार्फत भिन्न स्वाद पस्केका छन्। हामी फिल्मलाई समाजको ऐना भन्छौं तर प्रसादले समाजललाई नै एकपटक ऐना हेर्न आग्रह गरेको छ।

‘नेपाली फिल्ममा हाम्रा आफ्नै कथा छैनन्। मौलिकता हुँदैन। कलाकारले गर्ने अभिनय र संवाद आयातीतझैं लाग्छन्।’ जस्ता तमाम आरोपलाई प्रसादले चिरेको छ। फिल्म अन्तरजातीय विवाह र निःसन्तान दम्पतीको कथामा आधारित भनिए पनि मूलतः गर्भमाथि आमाको अधिकार रहने विषयको उठान गरिएको छ। एक बलात्कृत महिला गर्भवती हुन्छे भने उसको कोखलाई समाजले मान्यता दिने कि नदिने ? फिल्ममा यही प्रश्न उठान गरिएको छ।

‘बीउको अधिकार बीउसम्म नै सीमित हुन्छ। त्यो हुर्किएर रूख बनेपछि त्यसमा लाग्ने फलमाथि किसानको अधिकार हुन्छ’, फिल्ममा नारायणी (नम्रता श्रेष्ठ)ले आफ्नो गर्भमाथिको अधिकारलाई यसरी नै व्याख्या गरेकी छन्। बलात्कारपछि गर्भमा आइसकेको बच्चा नाजायज हुन्नन्। त्यो त भगवान्को प्रसाद हुन्छ। र, भगवान्को प्रसादलाई कसरी अस्वीकार गर्ने ? फिल्ममा भन्न खोजिएका यी वाक्यले हाम्रो समाजिक मनोविज्ञानलाई परिवर्तन गर्न खोजेको छ।

प्रसादमा विपिन कार्की (बाबुराम) तल्लो र नम्रता श्रेष्ठ (नारायणी) उपल्लो जातको भूमिकामा छन्। त्यस्तै फिल्ममा निश्चल बस्नेत (रमेश) यी दुई दम्पतीका साथी छन्। यिनको भूमिका भगवान् हो कि राक्षसको ? कथावस्तु सामान्य भए पनि सञ्चारकर्मी सुशील पौडेलको लेखन तारिफयोग्य छ। सशक्त पटकथाबाट फिल्मको वजन बढेको छ। फिल्ममा लेखकले ट्रिकी संवादको प्रयोग गरेका छन्।

कलाकार विपिनको अभिनयले कथामा अझै ज्यान थपेको छ। उनको गेटअप, संवाद, भाषाप्रतिको पकड जबरजस्त छ। नेपाली समाजमा तल्लो जाति मानिने ‘परियार’को भूमिकामा छन् उनी। नायिका नम्रता श्रेष्ठको अभिनय जीवन्त छ। निश्चल बस्नेतको भूमिकाले फिल्मलाई तर्कपूर्ण बनाएको छ। केहि सम्बाद टिप्पिकल हुदा मनमा छेड हानेको पत्तै हुदैन । समग्रमा फिल्म प्रसाद साच्चिकै दर्शकका लागि प्रसाद साबित बनेको छ ।

शेयर