मोहन न्यौपाने ,पुष ७ । जनउत्थान वचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिशेस कार्यक्रमका बीच तेर्हौ जनउत्थान महोत्सब सम्पन्न गरेको छ । तिलोत्तमा १५ कोटिहवा पशुपति माविमा सम्पन्न महोत्सवमा विभिन्न विधामा सम्मान गरिएको छ । २० जना उत्कृस्ट उज्जवल भविष्य बचतकर्ता सम्मान , १७ जना उत्कृस्ट खुत्रुके बचत कर्ता सम्मान,१० जना नया सदस्य निर्माण सदस्य सम्मान , तिलोत्तामाका ४ बिद्यालयका १२ जना गरिब तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति बितरण , १० उत्कृस्ट सफल व्यवसायी सम्मान , एक किलो महसंगै कप दीई ६० जना जेष्ठ नागरिक सम्मान , उत्कृष्ट कर्मचारी बास्ना श्रेष्ठलाइ सम्मान, साथै विभिन्न नृत्य तथा गायन प्रस्तुति संगै रमाइला खेलकुद , हाजिरी जवाफ प्रतिगिता जस्ता विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रदेश न ५ का उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्रि लिला गिरिले जनताको जीवनस्तरलाई माथि उठाउन सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिनु भएको छ। प्रदेशमै उत्कृस्ट सहकारीको पगरी गुथेको जनउत्थान साकोसले ग्रामिण जनताको जिबनस्तर उकास्न गरेको महत्वपुर्ण कार्यको प्रशंशा गर्दै यस क्षेत्रमै यो संस्था गर्व गर्न लायक भएको बताउनुभएको छ । समग्र जनताको ब्यापार साना ठुला उद्योग तथा बिषेशत कृषिको क्षेत्रलाइ फराकिलो बनाउदै लगेकोमा यस सस्थाका हरेक सदस्यको व्यत्तिगत रुपमा पनि आर्थिक पाटो सफल हुँदै जाओस भनि शुभकामना दिनुभएको थियो ।
सहकारीका व्यवस्थापक रनबहादुर थापाका अनुसार महोत्सवका अवसरमा १२ जना बाख्रापालक कृषकलाई निब्र्याजी ऋण उपलब्ध गराइएको थियो । सो महोत्सवका अवसरमा भएको सदनात्मक हाजिरी जवाफ प्रतियोगितामा सुनौलो बिहानी जनउत्थान समूह प्रथम, पृथ्वी जनउत्थान समूह दोस्रो , र कानापारा जनउत्थान समूह तेस्रो स्थान हासिल गर्दै क्रमश ५ हजार, ४ हजार र ३ हजार प्राप्त गरेका थिए ।

संस्थाको अध्यक्ष ज्ञानु पौडेलको अध्यक्षयता संस्थाका उपाध्यक्ष गिरि पुनको स्वागत तथा सचीव अन्जु जैसिको संचालन कार्यक्रम सम्पन्न भएको थियो । अन्य विभिन्न विधाका कार्यक्रम हरु भने प्रकृति अनुसार रनबहादुर थापा,लक्ष्मी भुसाल, सरु राना लगायतले गरेका थिए । महोत्सबमा तिलोत्तमा नगरपालिकाकि उपप्रमुख जागेश्वर देवी चौधरी, खाद्द प्रबिधि गुण नियन्त्रण कार्यालयका खाद्द अनुसन्धान अधिकृत आनन्द डंगोल , तिलोत्तमा नगरपालिका वार्ड न. १३ का अध्यक्ष गणेश न्यौपाने , ओमसतिया वार्ड न १ का अध्यक्ष बेल बहादुर बलाल , नेफस्कुनका केन्द्रिय सदस्य कृष्णप्रसाद नेपाल लगायतका बुद्दिजिबि समाजसेवी तथा जनउत्थान सदस्य एबम शुभचिन्तकको उपस्थिति रहेको थियो ।

SHARE