९ पुस,तिलोत्तमा। रुपन्देहीकोतिलोत्तमा सेमरामा भएकोछैठौं नमुना खुल्ला भलिवलको उपाधि ब्रेभ गोर्खा क्लबले हात पारेको छ । नमुना युवा क्लवको आयोजनामा तिलोत्तमा नगरपालिका ७, सेमराबजारमा सोमबार भएको फाईनल खेलमा माली ब्रदर्श सेमरामाथि ३–२ को रोमाञ्चत जित निकाल्दै ब्रेभ गोर्खाले उपाधि कब्जा गरेको हो ।

उपाधिसंगै ब्रेभले नगद ५१ हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ । उपविजेतामा चित्त बुझाएको माली ब्रदर्श नगद २५ हजार, कप, मेडल तथा प्रमाणपत्र तथा मणिमुकुन्द भलिबल क्लब तृतिय हुदै नगद ११ हजार, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा ब्रेभका दिपेन्द्र श्रेष्ठ उत्कृष्ट खेलाडी, प्रबिन सारुमगर उत्कृष्ट सटर र ओम परियार उत्कृष्ट डिफेन्सबाट पुरस्कृत भएको क्लवका अध्यक्ष बलिराम मालीले बताए ।

प्रतियोगितामा सघीयं सांसद छबिलाल बिश्वकमा , क्लवका अध्यक्ष बलिराम माली, खेल संयोजक तथा उपाध्यक्ष दील बहादुर रानाले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
पुस ५ देखि शुरु भएको प्रतियोगितामा २० टीमले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।

शेयर