तिलोत्तमा नगरपालिका शुरु हुन अगाबै बुटवल नगरपालिका देखि आउने क्रममा खानेपानी डिभिजन कार्यालयको छेउमै प्रहरी बिटसंगै रहेको सार्बजनिक शौचालय पुरा निर्माणपछि २ बर्षदेखि बन्द छ। जिल्ला खुल्ला दिशा मुक्त हुदा समेत त्यहि शौचालयको अघि पछि दिशा पिशाब मज्जाले देख्न सकिन्छ । त्यति मात्रै होइन बाहिर सरसफाइको धारणा पेश गर्दै हिड्ने खानेपानी सब डिभिजन र शंकरनगर खानेपानी ताहा सरसफाई सस्थाकै बाउण्डरिमा जताततै फोहोर र झाडिले अफिस नै ढाकेको छ ।

आखिर कहिलेसम्म हामीले दिशापिशाब मै रुमल्लिने ? कहिलेसम्म चर्पीको नाममा थोरधेर घुमघाम गर्ने ? अनि कहिलेसम्म चर्पिमै दिशापिशाब गर भन्दै औला ठड्याउने ? यस्तै भन्दै थिए एक स्वच्छता समितिका सरसफाई अभियन्ता केहिबर्ष अगाडी शंकरनगरलाई खुल्ला दिशामुक्त घोषणा गर्दा । ठ्याक्कै त्यसैको केहि बर्षमै रुपन्देही जिल्ला पनि यो अभियानमा पक्का भएको छ ।

जिल्लामा चर्पी नबनाउने समुदायमा बढीजसो मधेसी,अल्पसंख्यक र थारु समुदाय संगै केहि पहाडि समुदाय पनि अगाडी देखिएको थियो तर समितिको अथक प्रयासपछि जिल्ला खुला दिशामुकता हुन सफल भएको छ । तर बिडम्बना एकातिर हामी खुल्ला दिशा मुक्त भएको खुसि बाड्दै हिडिरहेका छौ भने हिड्दा बाटोमा लागेको दिशा भने ताजै छ । केहि समय अघि बाटोमा बढि दिशा पिशाब भयो भन्दै तिलोत्तमा नगरपालिकाले पनि सबै सार्बजनिक स्थानमा चर्पी बनाउन निर्देशन दियो । त्यो निर्देशनपछि केहि पेट्रोलपम्प , हाइवेमा भएका स्कुल कलेज तथा वार्ड भवनहरुले फटाफट चर्पी पनि बनाए तथापि लामो तथा छोटो दुरीका यात्रुहरुले रातिको समयमा बाटोमा साधन रोकेर चर्पी जाने माहोल अझै नबनिसकेको जानकारहरु बताउछन ।

बाटोमा केहि घर तथा व्यापारिक प्रतिष्ठान टाढा भएको देख्ने बित्तिकै साधन रोकेर दिशा पिसाब गर्ने प्रचलन अझै ताजै छ । बढीजसो घुम्न तथा टाढाबाट आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस्तो क्रियाकलापबाट जोगाउन सकिएको छैन । आफै धामी आफै बिरामीको प्रचलन अहिले स्वच्छता समितिको देखिएको छ । सार्बजनिक सौचालय बनाएको ३ बर्षसम्म पनि आफ्नै आगनमा संचालनमा ल्याउन नसकेको जिल्ला खानेपानी तथा सरसफाई स्वछता समितिले शान्तिका अग्रदुत भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनीमा गएर जिल्ला घोषणा गर्दा के त्यो औचित्य हुन्छ ?

बुटवल उपमहानगरपालिकाबाट तिलोत्तमा नगरपालिका प्रवेश स्थलमै रहेको सो चर्पी निर्माण भएको 2 बर्षसम्म अलपत्र छ । खानेपानी सब डिभिजन कार्यालयकै आगनमा रहेको सो चर्पी संचालन नहुनमा क कसको हात छ ? किन संचालन भएन तो जानकार हरुलाई नै थाहा होला तथापि जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्दा सम्म सार्बजनिक शौचालयको अबधारणा किन पेश भएन ? यी यावत प्रश्नको जन्जाल अहिले तेर्सिरहेका छन् । हुनत खुल्ला दिशा मुक्त समाज हुनु हामी सबैको लागि खुसीको कुरा हो ।

यसमा दुइमत छैन , तर चर्पीसंगै गाउघर समाज सार्बजनिक स्थल सरसफाई गरे मात्र यो क्षेत्र स्वच्छ बन्न सक्छ । खानेपानी डिभिजन अगाडी वा पछाडी के कस्ता फोहोर र अनावश्यक झाडीहरु र प्रयोग नभएका सुविधासम्पन्न चर्पी छन् कसैले हेक्का राखेको छैन । यसबारेमा नगरपालिका समेत बेखबर छ । हाम्रो चाहना सार्बजनिक शौचालय समेत विभिन्न सडकको छेउमा बनाउन सके र जिल्ला प्रवेश स्थलमा खुल्ला दिशामुक्त जिल्लाको बोर्ड तथा ब्यानर राख्नसके बल्ल खुलादिशा मुक्त भएको आभास हुनेछ नकि कागजमै सिमित नहोस ।
अहिले हाटबजारमा बाहेक सरकारी स्वामित्वमा एउटै मात्र पनि सार्बजनिक शौचालय प्रयोगमा नभएको रुपन्देही जिल्ला खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ । लुम्बिनीमा विशेष समारोहको आयोजना गरी शुक्रबार जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । जिल्ला खानेपानी तथा सरसफाई स्वछता समितिको अथक निरन्तर प्रयासपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । सरकारले सन् २०१७ सम्म मुलुकलाई खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि रुपन्देही भने घोषणा हुन सकेको थिएन ।

घोषणासभामा जे देखियो

बढि जसो मधेसी थारु तथा आदिबासीको बाहुल्यता रहेको लुम्बिनी सास्कृतिक नगरपालिकामा गरिएको सो घोषणा सभामा सोहि जातिको उपस्थिति बाक्लो देखिन्थ्यो । जनचेतना को अभाब भनेर कहिले सम्म भन्ने सोहि मुलका नागरिकमा अझै पनि चेतना को कमि भएर हो या के हो धेरै जसो कोघरमा चर्पी बनाउने कठिन भएको स्रोतले बताउछ ।

विभिन्न गैरसरकारी संस्था तथा सरकारी निकायको निरन्तर प्रयासपछि करिब एक वर्षपछि बल्ल जिल्ला खुल्ला दिसामुक्त घोषणा गरिएको हो । लुम्बिनी आयोजित कार्यक्रममा मन्त्रालयले जिल्लालाई खुल्ला दिसामुक्त भएको प्रमाणपत्र प्रदान गरेको छ । कार्यक्रममा प्रदेश पाँचका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सावुन पानीले हात धोयर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई जिल्लालाई पूर्ण सरसफाईयुक्त बनाउन प्रतिबद्धता जनाए ।

शेयर