मोहन न्यौपाने ,पुष २० तिलोत्तमा । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै चौथो हप्तासम्म सफलता प्राप्त गरेको छ । अभियान अन्तर्गत शुुक्रबार शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माविमा प्रशिक्षण सम्पन्न गरेको छ । अहिलेको स्थितिमा देशका कर्णधार युवाहरु नै लागुपदार्थ दुर्व्यसनी, कुलत र हिंसामा संलग्न हुँदा देशको शान्ति,सुरक्षा र विकासमा असर पर्ने निश्कर्ष निकाल्दै युवालाई सचेत गराउने उद्देश्यले सो महाअभियान शुुरु गरेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।

यसअघि बुटवलस्थित अक्सफोर्ड कलेज र तिलोत्तमा स्थित न्यूलाइट कलेज तथा न्यूू होराइजन कलेज ड्राइभरटोलमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । महाअभियानले ५ हजार विद्यार्थीलाई प्रशिक्षण दिने लक्ष्य राखेको छ । विशेषगरी प्लस-टू अध्ययन गर्ने विद्यार्थीहरु कुलतमा बढी फस्ने सम्भावना हुने रहेको बताउँदै सोही अनुसार कक्षा ११ मा पढ्ने विद्यार्थीहरुलाई लागुऔषध सेवन र महिला हिंसा विरुद्ध प्रशिक्षण अभियान सञ्चालन गरेको संस्थाका सचिव सरोज खनालले बताए ।

वडा प्रहरी कार्यालय बुटवलको समन्वयमा भएको कार्यक्रममा सोही वडाका इन्सपेक्टर हेम के.सी.ले प्रशिक्षण गरेका थिए । तीन सय बढी विद्यार्थी सहभागी प्रशिक्षण कार्यक्रममा उनले लागुऔषध दुु्रव्यशनको परिचय र यसका असरबारे सचेतना गराउँदै विद्यार्थीहरु सजग रहँदै अरुलाई पनि सचेत गर्न आग्रह गरे । यसैगरी महिला हिंसा मात्र नभई सबै प्रकारका हिंसा बढेको बताउँदै उनले न्यूनिकरणमा सबैको सक्रियता र सहकार्य आवश्यक रहने बताए ।

संस्थाका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता , वडा प्रहरी कार्यालय बुटवलका इन्सपेक्टर हेम के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्राचार्य कृष्णप्रसाद शर्मा पन्थी , सहायक प्राचार्य चण्डी प्रसाद पाण्डे, संयोजकद्वय करुणा क्षेत्रि र राधिका लम्साल , पत्रकार मोहन न्यौपाने लगाएतले बोल्दै युुवा लक्षित कार्यक्रमको सफलताको शुुभकामना दिएका थिए ।सस्थाका उपाध्यक्ष मनिष भुसालको स्वागतमा शुरु सो प्रशिक्षण कार्यक्रमको सञ्चालन सचिब सरोज खनालले गरेका थिए ।

SHARE