मोहन न्यौपाने , तिलोत्तमा । झट्ट सुन्दा अपत्यारिलो छ खबर , तर सत्य यहि नै हो । तिलोत्तमा–११ मृगौली निवासी कुरेश यादव कि माहिली छोरी हुन् उर्मिला । हाल राममणि क्याम्पसमा स्नातक तह बिएड तेस्रो बर्षमा अध्ययनरत उनि र नवलपरासी रामग्राम–१० मंझरिया निवासी रामकुण्डल यादवका सुपुत्र सुरज यादव बीच एकसाथीको बिहेमा पहिलो देखादेख भएको थियो ।
उनीहरुलाई लागेको थिएन यो एकैछिनको देखादेख जिबनको कडी बन्छ भनेर । तर भावीले लेखेको कसैले मेट्दैन भनेझै भयो उनीहरुको सामाजिक लोकप्रिय बिबाह सम्पन्न भयो । हुनत, थारु , मधेशी लगायतका समुदायमा उमेर पुगेपछि त्यसमाथि दाइजो बिना बिबाह हुन ठुलै युद्द लड्नुपर्छ । तर हामी समाजले के भन्ला भनेर भन्दा पनि दाइजो प्रथा हटाउन सक्ने सक्षम नागरिक बन्नको लागि यस्ता युद्द नककडि सफलता पाउन सकिन्छ भन्ने उदाहरण उर्मिलाले पस्केकी छिन ।
सुरज र उर्मिलाको जोडी देख्दा जति राम्रो देखिएको छ त्यतिनै भित्रि तस्बीर फराकिलो र उजागर देखिएको छ । उनीहरुमात्रै होइन अभिवाबकको समेत राजिमा उनीहरु सल्लाहले २५ रुपैयामा बिहे गर्न राजि भए । बजार मूल्य २५ पर्ने एउटा सिन्दुरको बट्टा नै उनीहरुको सोच्ने , रोज्ने र किन्ने बिहे बजार बन्यो । बेहुला सुरजको तर्फबाट किनेको भनेको सिन्दुरको बट्टामात्र हो जुन उनले २५ रुपैयामा किनेका रहेछन ।
त्यसो त बेहुलीको तर्फबाट कुनैपनि बजार गर्नुपरेन । समाजका सबै प्रतिष्ठित व्यक्तिहरु , हुनेखाने , हुदाखाने सबै महिला बालबालिका सज्जनबृन्दलाइ बोलाएर सो बिबाह सम्पन्न भयो, मात्र १७ मिनेटमा । सुरज र उर्मिलाको परिवार पैसावाला नभएका होइनन , खेति किसानी गर्दै आएका दुबैको परिवामा मनग्य सम्पत्ति पनि छ, तर त्यो भन्दा ठुलो सम्पत्ति उनीहरुको सोच भैदिएको बिबाह सम्पन्न स्थान स्कुलका प्रिन्सिपल बलिराम यादव बताउछन । त्यसो त एक स्थानिय महिला सुबरना यादव पनि अबको जमाना दाइजोमै अल्झिने जमाना नभएकोले परिवारले गर्ने पालन पोषण र शिक्षा दिक्षा नै दाइजो भएको बताउछिन ।
६ महिना अगाडी देखादेख भएपनि उनीहरुको खासै भेट भने भएको थिएन । दुवै स्नातक तह पढ्दै गरेका उनीहरुको सबै भन्दा मन मिलेर आफ्नै चाहनाले यस्तो दाइजो बिरोधि बिहे गर्न राजी भएको बताएका छन् । बुवा आमाले त हामीलाई यत्रो बर्ष पाल्नुभयो , पढाउनुभयो अब फेरी दाइजो दिएर मलाई छोरी दिनु पर्ने यो कस्तो कुरीति हो ? अचम्म मान्दै यसको बिरोध गर्नु सबै युवा युवती हरुको जिम्मेबारी भएको बेहुला सुरज यादव बताउछन । त्यस्तै , बेहुली उर्मिला भन्छिन “ अहिलेको समयमा छोरी जन्माउने कस्ट भएको सन्दर्भमा भ्रुण हत्या र दाइजो अनि कम उमेरमै बिहे गरिदिने प्रचलन रहेको बेला मलाइ जन्म दिएर शिक्षा दिक्षा दिनु नै मेरो लागि दाइजो हो “ । अभिवाबकले दिनुभएको केहि नगद र जग्गा जमिन अनि जिन्सिले हामीलाई कहिले सम्म पुग्छ हामी पढेका छौ त्यो कुरा हरु हाम्रो लागि आवश्यक भएमा आफै कमाउने प्रयास गर्छु तर दाइजो र जन्ती खुवाउने कामको नाममा कसैले पनि ऋण को भारि बोक्न अनापरोश भन्ने हाम्रो उदेश्य हो मुश्काउदै उर्मिला भन्छिन ।

त्यसो त बिबाह स्थानमा साधारण टेण्ट र साइडमा चियाको फिल्टरसंगै खोलेर राखेको बिस्कुट ट्रे मा थियो । जन्ती खान आएकाहरुले त्यै कोशेली मानि चिया बिस्कुट खाएका थिए भने धेरैले त्यहि पनि नखाने बिचार ब्यक्त गरेका थिए । आखिर त्यो खर्च कसले गर्यो त भन्दै सोध्दै जादा कबिर उपासक समाज नेपालले सो खर्च गरेको रहेछ । माइकमा बिहेको मन्त्र १७ मिनेट पढेर गराइएको बिहेमा त्यै टेण्ट र माइक खर्चको बारेमा सोध्दा बताउन नचाहेकाले पछि त्यसको बुझ्दै जादा सबै खर्च बराबर गर्दा ४ हजार रुपैया पुगेको समाजका संयोजक शर्मा प्रसाद यादव ( दास ) ले बताएका छन् ।

विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामान नै दाइजो हो । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ। सामान्यतः दैनिक जीवनमा चाहिने घरेलु सामान, जस्तै– फर्निचर, कपडा जस्ता सामग्री दाइजो दिइन्छ । सुनरचाँदी, हिरारमोतीका महँगा गरगहना पनि दाइजोमा पर्छन् । समयक्रमसँगै आधुनिक सुविधाका सामग्री, जस्तै– टिभी, मोटरसाइकल, कम्प्युटर, कार जस्ता सामग्री पनि दाइजोका रूपमा दिइने गरेको पाइन्छ ।

तराई मधेसका कतिपय ठाउँमा त केटाको पढाइ र जागिरलाई दाइजोको मानकका रूपमा पनि लिइएको पाइन्छ । जति धेरै पढाइ वा जागिरको कमाइ, उति नै धेरै दाइजो ! सामान्यतः दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढंगले लिएकोमात्र पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक छ । किनकि दाइजो सामान्यरूपमा उपहारजस्तो बुझिन्छ । उपहार त दिए पनि हुन्छ र नदिए पनि हुन्छ । तर दाइजो त सदियौँदेखि हाम्रो समाजमा एक कुप्रथाका रूपमा जरा गाडेको छ ।

दाइजो एक प्रथा भएकाले यो बाध्यात्मक छ । यसले समाजमा असमानता, उत्पीडन, हत्या तथा हिंसा जस्ता जघन्य सामाजिक अपराधलाई मलजल गरिरहेको छ । दिनहुँजस्तो हाम्रो समाजमा हुने महिला हिंसा, हत्या, आत्महत्याजस्ता घटना यसका ज्वलन्त प्रमाण हुन् । यस्ता घटनाको प्रमुख कारक दाइजो प्रथा हुने गरेको सम्बन्धित अनुसन्धानले पुष्टि गरेको छ। तसर्थ दाइजोले कस्तारकस्ता समस्या एवं विसंगति निम्त्याउँछ र यसको समाधानका लागि के गर्नुपर्छ ? भन्नेजस्ता कुरामा आमनागरिक सचेत हुनु जरुरी छ ।

उर्मिला र सुरज समाजको एक पात्र मात्र हुन् । उनीहरुजस्तै दाइजो प्रथाको उन्मुलनका लागि हामी सबै युवा तथा अभिभाबक अब जुट्नु जरुरि छ । यसर्थ आज सबैले भन्नुपर्छ कि दाइजो प्रथा होइन, यो एक कुप्रथा हो। यो एक सभ्य समाजको बाधक हो । यसको निवारणका लागि विभिन्न नियम कानुन नबनेका पनि होइनन्। नेपालको संविधान २०७२ ले महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिकरूपमा समान हुुनुपर्ने परिकल्पना गरेको छ। यसरी लैंगिक समानताको बाटोमा हिँडेको समाजमा विवाहको समयमा भने दाइजो प्रथालाई प्रचलनमा ल्याइनु आफैँमा विरोधाभाष हो। त्यसैले कानुनका पन्नाहरुमा मात्र सीमित नभई व्यवहारमै हामीले दाइजो कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आजको आवश्यक्ता हो ।

शेयर