बिन्दु भट्टराई । २३ बर्ष अघिको मणिग्राम चोकको याद अझै पनि ताजा छ दिपादिदीलाइ । भर्खरकी आएकी दिपा पाण्डे अहिले दिपादिदीको नाममा फलफुलसंगै आफै फुल्न लागेकी छिन । हुनत उमेरमा कसैको रोकावट हुन सक्दैन हामी जन्मेर मर्दासम्म उमेरको हिसाबले दिन काट्दै जाने हो तर दिपा दिदीको मणिग्राम चोकमै रौ फुले संगै जीवनका कैयौ चाहना र सफलता फुल झैँ ढकमक्क फुलेको छ । बिगत देखि हाल सम्म गरेको दुखको बाटो अहिले केहि खुसियालिले ढाकेको छ । पैसै कमाउन का लागि धेरै मेहनत गरेकी दिपादिदी अहिले परिश्रम भन्दा पनि क्वाली र स्वस्थ अनि स्वच्छ फलफूल ग्राहकलाई बिक्रि गर्नुमै तल्लिन हुन्छिन ।

सडकको छेउमा धुलो माटोको मुस्लो स्वाट्ट मुखमा प्रवेश गथ्र्याे त्यो धुलो माटोले उनको शरीरलाई असर गर्यो या गरेन त्यो त थाहा छैन तर उनको जीवनमा भने राम्रो असर गरेको छ ,धेरै कुरा सिकाएको छ । मिनेट मिनेटमा धतङिगदै आएका गाडिले आफ्नै अगाडि धुवाको मुस्लो फ्याक्दा उनको सम्वन्ध धुवासंग रहेन एउटा आशा उनका आंखामा छरपष्टै देख्न सकिन्थ्यो कि मलाई पनि एक किलो सुन्तला दिनुन ,एक दर्जन केरा दिनुन आवाज आउला र बेलुकी छोराहरुको पेट भरीएला भन्ने रन्को हुने दिपा दिदी बताउछिन ।

२३ बर्ष अगाडि देखिनै तिलोत्तमा ५ मणिग्राम चोकमा फलफुल पसल गर्दै आएकि दिपा पाण्डेको जीवनयात्रा संघर्षले भरिएको छ । हरेक चुनौतीसंग सामना गर्दै आएकि दिपालाई ऐले संघर्षमै रमाउने बानी परिसकेको छ । उनी भन्छिन् ,मान्छेले गर्नुपर्छ हिम्मत, सुख दुख एकै रथका दुई पाङ्रा हुन,कहिले ओरालिन्छ कहिले उकालिन्छ । कहिलेकाही बिग्रिन्छ, हामी मानव हो कहिलेकांहि सोचेभन्दा अलिबढि दुख पनि होला तर आफ्नो हिम्मतलाई तोड्न हुन्न । मैले आफ्नो पेशालाई हामि नारीले पनि केहि गर्नुपर्छ ,हामी पनि बाच्न सक्छौ कोही विना भनेर दिनरात नभनेर कामलाई निरन्तरता दिएं ।आफ्नो मिहिनेतलाई कहिल्यै सानो पेशा भनिन निरन्तरता दिन सके सानो पेशाले पनि एकदिन ठुलो सहयोग गर्न सक्छ भनेर दायां बायां नगरेर आफुले शुरु गरेको सानो फलफुल पसललाई नै आजको दिनसम्म गर्दै आएकि छु पाण्डेले बताउछीन् ।

२६ बर्षको उमेरमा श्रीमानसंग अलग भएकि दिपा सामु आफ्नो जीवन मात्र होईन २ छोराहरुको पालनपोषणको जिम्मेवारी पनि चुनौति बनेर खडा भयो । छन् गेडि सवै मेरी ,छैनन् गेडि सवै टेडि भनेजस्तो आर्थिक विपन्नताले सताएकि उनलाई कसैले पनि साथ दिएनन् । तर उनीभित्र भएको हिम्मतले भने साथ छोडेन । उनले भन्छिन् म एउटा महिला हुं ५२ बर्ष कि भए सुन्तलाको सिजन हो म चारै वजे उठेर मन्डि पुगेकि हुन्छु ,अध्यारोमा लाईट बालेर गाडिमा हेर्ने हो ,अरु मजाले सिरक ओडेर सुत्ने समयमा आफु संघर्ष्भित्रै खेलीरहेको स्मरण गर्छिन् । उनको नजिकको साथी छत संघर्ष छ , समय छत संघर्षसंगै खेलीरहेकि हुन्छिन् ।

अनवरत रुपमा सडकको छेउमा ब्यापार गर्नु पक्कै सहज थिएन । समाजको दृष्टिकोण सकरात्मक त थिएननै अन्य ब्यावाहारिक चुनौतीहरु पनि कम थिएनन् । तर सवै समस्याका विचमा एक्लै समस्यामा होम्मिदै अगाडि बढ्न छोडिनन् । उनी थप्छिन्, पसल गर्ने क्रममा धेरै बज्रपात पनि आए नआएका होईनन् ,समस्या पर्याे ,धेरै कुरा काटया पनि होलान्,त्यो बेलामा म जवान अवस्थामा पनि थिएं ,धेरै नानाभातीका कुरा पनि गर्थे तर एउटा कुरा म एक्लो भर्खर भर्खर पहाडबाट झरेकि जवानी अवस्थाकी महिला दिउसो एउटा कपडा लगाए सांझ त्यो कपडा धोएर चुन्नी बेरेर सुत्ने अवस्थामा पनि म कसैसंग चुकिन संघर्ष गरिरहें गरिरहें । लामो सङघर्षपछि सफल ब्यापारी बनेकि दिपा आंटे के हुदैन र ? भन्ने उदाहरण मात्र होईन अन्य महिलाहरुका लागि पनि प्रेरक बनेकि छन् ।

SHARE