श्री बिष्णु धन धान्याञ्चल ग्यान महायज्ञ ब्यबस्थापन समिति रोहिणी गाउपालिका ३ परासीझुंगाको आयोजनामा ९ दिने महायज्ञ सम्पन्न हुने भएको छ । बजार स्थलमा भएको सो मन्दिरको नजिक गाउमा रहेको त्रिनेंत्र शिब मन्दिर र त्यो संगै रहेको छठि घाट को निर्माण सम्पन्न गर्नको लागि सो महायज्ञ गर्न लागिएको समितिका संयोजक धिरेन्द्र प्रसाद यादवले बताए ।

वृन्दाबनका प्रसिद्द कथाबाचक परम श्रदेय श्री बेदब्यास जीको मुखारबिन्दुबाट हुने संगीतमय कथा प्रबचन हुने सो महायज्ञमा २५ लाखको अनुमानित लागत राखिएको छ । महायज्ञमा तुलादान , चौरासी पुजा , श्रीमद देवी भागवत, पाठ पारायण , लक्ष्यवर्ति , चुदाकर्मा , लक्ष्यहवन , लघुरुद्रि, कन्यापुजा, ग्रहशान्ति , सप्तसती पाठ , पुटक पाठ ग्रहदेवी जप, शान्तिदिप प्रज्वलन, ब्रत लिने छाड्ने कार्य समेत गरिने आयोजकको तर्फबाट ब्रिककेश मन्दिरका पुजारीले बताए । विभिन्न १४ उपसमितिको संयोजनमा शुरु गर्न लागिएको सो महायज्ञ माघ २ गतेदेखि १० गतेसम्म चल्ने छ ।

भैरहवा देवकोटा चोकदेखि ७ किलोमिटर पुर्व रहेको सो गाउपालिकाको रमणीय ठाउमा अबस्थित शिब मन्दिरमा महायज्ञ हुने भएकोले सम्पूर्ण धर्मावलम्वीहरुमा आयोजकले तन मन र धनको सहयोगको अपिल गरेको छ ।

शेयर