मोहन न्यौपाने । क्लिन तिलोत्तमा ग्रीन तिलोत्तमाको नारा सहित अगाडी बढेको तिलोत्तमा नगरपालिकाले अर्को कदम नहर सरसफाइको काम शुरु गरेको छ । प्लास्टिक मुक्त अभियानमा बाधा देखिएको नहरको सरसफाइमा तल्लिन नगरपालिका स्रोह–छत्तीस नहरमा पानीसँगै आउने फोहोरको उचित व्यवस्थापनका लागि छत्तीस नहरको योगिकुटीमा जाली राखिएको छ । यसरी राखिएको जालीमा फोहोर रोकिन थालेको छ ।

क्रमश: सँगै सोह्र नहरमा पनि यस्तै प्रकारको जाली राखिने नगरपालिकाका प्रमुख बासुदेव घिमिरे बताउछन। उनले यसरी राखिएको जालीमा रोकिने फोहोरको नहरबाटै व्यवस्थापन गरिने पनि बताए । पछिल्लो समय नहरबाट पानीसँगै पुग्ने विभिन्न प्रकारका फोहरबाट तिलोत्तमा नगरपालिकाका किसानहरु लामो समयदेखि पीडित हुदै आएकोमा समाधानको प्रयास स्वरुप यस्तो उपाय निकालेर सो कार्यको परीक्षण गरिएको हो । जालीको प्रभावकारितासँगै अन्य स्थानमा पनि राखेर किसानको खेतसम्म पुग्ने गरेको फोहोरलाई नहरबाटै व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाको यस्तो कार्यको प्रशंशा गर्दै तिलोत्तमा नगरपालिका ४ बिश्नुपुरका बिर बहादुर केसीले किसानको खेत बारीको बारेमा र फोहोर ब्यबस्थापनको बारेमा नगरपालिकाले बढाएको कदम सकारात्मक रहेको बताए । त्यस्तै तिलोत्तमा ३ निवासी देव कुमारी पौडेलले नहरको पानीसंगै खेत बारीमा आउने फोहोर नहर मै ब्यबस्थापन हुने कुरा साधारण नभएको र बुटवलबाट आउने त्यस्ता फोहोर नहरमै ब्यबस्थापन गर्न सबै अग्रसर हुनुपर्ने बताइन ।

नगरपालिकाले यो कार्यले फोहोर ब्यबस्थापनमा केहि राहत मिल्ने हुदा बुटवल उपमहानगरपालिकाको समन्वयमा सिमानाको फोहोर आफै ब्यबस्थापन गर्नेमा नयाकदम चालिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए । उनले बुटवल संगको सहकार्यमा सबै नहरको फोहोर ब्यबस्थापन गरिने र खेतिपाती गर्न किसानलाई स्वच्छ पानी र फोहोर, प्लास्टिक तथा रबरको उचित ब्यबस्थापन गरिने बताए ।

शेयर