प्रेमको नाटक गरी रकम र सुनको सिक्री ठगी गर्ने मकवानपुर घर भएका तिलोत्तमा १ बस्ने ४० बर्षका रोशन बजगाई र डाक्टर, ईन्जिनियर र सेनाको मेजर भनी पैसा उठाउँदै ठगी गर्ने पोखरा लेखनाथ ८ का कृष्ण बहादुर थापालाई हाल ठगी मुद्दा चलाईरहेको ईप्रका बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

२१ बर्षकी सुनिता खड्का पढ्नकै लागी भनेर स्याङ्जा वालिङबाट ६ बर्ष अगाडी बुटवल आएकी सुनिता खड्का र खोटाङबाट रुपन्देही बस्दै आएकी २४ बर्षिया ममता राईलाई पुष ९ गते विहान बुटवलको बसपार्क नजिकैबाट लागू औषधसेवन गरेर लठ्ठ भएको अवस्थामा समातिए ।

उनीहरुसँग नुफिन१८, डाईजेपाम १८, फेनरागन १८ एम्पुल्स औषधी समेत थियो । सोही दिन बुटवल १०, औद्योगिक क्षेत्रमा चेकजाचँ गर्दा लु ३९ प ८२५ नम्बरको स्कुटीमा सलिना थापा क्षेत्री र २३ बर्षकी सना कुँवरको साथबाट १३ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित समातियो ।

विदेश जाने तयारीमा रहेका रुपन्देहीकै देवदह वडा नं. १ बस्ने २३ बर्षका होमनाथ जोगी र डम्बरबहादुर थापा को साथबाट १ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर फेला प¥यो । पुष १९ गते रुपन्देहीको रोहीणी गापा वडा ७ स्थित कृष्णप्रसाद श्रेष्ठको साथबाट नुर्फिन १०० थान, फेनरागन १०० थान, डाईजेपाम १०० थान पेला प¥यो ।

यि त केही प्रतिनिधी घटना मात्रै हुन्, यसरी पछिल्लो समय लागूऔषध प्रयोग गर्ने र ओसारपोसार गर्नेहरुको संख्या अत्याधिक छ । कतिपय प्रहरीको फन्दामा पर्छन भने कतिपय प्रहरीको आँखाबाट जोगिएर यस्तो कारोबार गर्ने गरेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलले आज पछिल्लो समय कारबाही चलेका मुद्दाहरुको जानकारी तथा सुचनाको लागी गरेको पत्रकार सम्मेलनमा पछिल्लो समय नाटकीय रुपबाट ठगी धन्दा गर्ने, लागू औषध ओसारपोसा गर्ने तथा विभिन्न ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएका र कारबाही अगाडी बढाएको बताईएको छ ।

ठूलो परिणाममा लागू औषध कारोबारीहरुलाई समात्ने तथा कारबाही प्रक्रिया अगाडी बढाउँदै आएको ईप्रका बुटवलका डिएसपी मल्लका अनुसार रुपन्देहीका नाकाहरु प्रयोग गरी लागू औषधको कारोबार कम हुने गरेको र खासगरी कपिलवस्तु र नवलपरासीका नाकाहरुमा अत्याधिक यसको कारोबार हुने गरेको देखिएको बताए । यसरी लागू औषध प्रयोगकर्ताहरुलाई केही व्यापारी तथा साथीहरुकै संगतले यस्तो हुने गरेको बताउँछन् ।

बुटवलको हिरासतमा रहेका ४ महिलाहरुले आफूहरुलाई साथीहरुको सँगतले लाएको र छोड्न नसक्ने बताउँछन्, यसरी पढ्ने उमेरसमुहका विद्यार्थी, युवा समुह तथा किशोरवस्थाका धेरै युवायुवतीहरु लागू औषधको कुलतमा फसेका छन् । युवाहरुलाई सिर्जनात्मकता र सीपमूलक तालिम तथा विभिन्न कार्यक्रमहरुमा जोड्न नसक्दा पनि यस्तो विकराल स्थिती आउने गरेको छ ।

यसप्रति सबैभन्दा पहिले घरपरिवार तथा अभिभावक, शिक्षक तथा साथीभाईहरुले नै ख्याल गर्नुपर्ने र प्रयोगकर्ताको हाउभाउ क्रियाकलापमा ख्याल गरेमा केही कमी हुने देखिन्छ ।

SHARE