शारदा शाही । श्री जनज्योति मावि तिलोत्तमा ४ डिङ्गरनगर रुपन्देहीको स्वर्ण महोत्सव २०७५ हुने भएको छ । पौष २९ गते देखि शुरु भै माघ ७ गतेसम्म चल्ने सो स्वर्ण महोत्सब कार्यक्रममा विभिन्न खाले बिशेष कार्यक्रमहरु रहने आयोजक स्कुलका प्रधानाध्यापक रघुनाथ पोखरेलले बताउनुभयो ।

स्वर्ण महोत्सवका अवसरमा बिद्यालयमा जिल्ला स्तरिय छत्र भलिबल प्रतियोगिता , आन्तरिक सास्कृतिक कार्यक्रम , अभिभावक कुर्ची रेस , बोरादौड , घैटोफोर, रक्तदान , आन्तरिक हाजिरीजवाफ प्रतियोगिता , शेरबहादुर अन्तर मावि लोक नृत्य प्रतियोगिता , फुड फेस्टिबल, स्मारिका बिमोचन, नया भवन उद्घाटन, बिधार्थी द्वारा विभिन्न कला प्रस्तुति सम्मान कार्यक्रम लगायतका कार्यक्रमहरु गरिने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।

माघ ७ गते प्रदेश न ५ का मुख्यमन्त्री द्वारा उद्घाटन हुने सो स्वर्ण महोत्सब समारोहमा प्रतियोगितामा उत्कृस्ट हुनेलाई पुरष्कार वितरण गरिने बताइएको छ । १० लाख अनुमानित लागत रहेको स्वर्ण महोत्सबमा पुर्व शिक्षक र बिद्यार्थी मिलन कार्यक्रम समेत राखिने छ ।  बि. स. २०२५ सालमा स्थापना भएको सो बिद्यालयको हाल ७ सय ४० बिद्यार्थी रहेको पत्रकार भेटघाटमा बताइएको थियो । पत्रकार सम्मेलनको संचालन शिक्षक बिष्णु प्रसाद न्यौपानेले गरेका थिए ।

SHARE