लिला बहादुर केसी ।

 प्रारम्भिक जिबन: पृथ्वी नारायण शाहको जन्म बि स १७७९ पौष २७ गते गोर्खाका राजा नरभूपाल शाह र रानी कौशाल्यावातिको कोखबाट भएको हो ।बाल्यकाल देखि नै शुरबिर , निडर , पराक्रमी , बुद्दिमानी र अत्यन्त दुर दर्शिता भएका व्यक्ति थिए पृथ्वी नारायण शाह । उनि आधुनिक नेपालका रास्ट्र निर्माता हुन् । आफ्ना पिता नरभूपाल शाहको मृत्यु पछि बि स १७९९मा २० बर्षको उमेरमा गोर्खाका राजा भएका थिए । उनले गरेको समग्र नेपालको एकीकरणको अभियान बढ्दै जादा नेपालको सिमाना पूर्वमा टिष्टा नदि र पश्चिममा सतलज नदि सम्म पुगेको थियो । तर नेपाल अंग्रेज युद्द पछि अपमान जनक सुगौली सन्धि मा सहि भएपछी नेपालले लडाइमा जितेको अधिकांश भुमि गुमाउनु परेको थियो ।
बैबाहिक सम्बन्ध:पृथ्वी नारायण शाहले पहिलो बिबाह मकवानपुरका राजा हेमकर्ण कि पुत्री इन्द्र कुमारी संग गरेका थिए । पहिलो बिबाहमा केहि अड्चन आएपछि उनले दोस्रो बिबाह अभिमान सिंह राजपुत कि पुत्री नरेन्द्र लक्ष्मीसंग गरे ।
नेपाल एकीकरणका लागि चालेका कदमहरु ः बिस १७९९ मा राजा नरभूपाल शाहको निधन भएपछी २० बर्षको उमेरमा राजा भएका पृथ्वीले राजा हुन अगाबै बिस १७९८ मा काठमान्डौको रहनसहनबारे राम्रोसंग अध्ययन गरेका थिए । पिता नरभूपाल शाहलको सपना साकार पार्न बिस १८०० मा बिराट थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोटमा आक्रमण गरे । तर नुवाकोटको आक्रमणमा गोर्खालीहरुको पराजित भयो ।
दोस्रो पटक पृथ्वी नारायण शाहले बिस १८०१ मा कालुपान्डेको नेतृत्वमा नुवाकोट पुनस् आक्रमण भयो । त्यसपछि कालु पाण्डेले नुवाकोटको रक्षा तैनाथ जयन्त रानालाई गोर्खासंगा मिल्नु बाहेक अरु विकल्प नभएको पत्र हस्तान्तरण गरे । तरजयंत राणाले त्यो पत्रलाइ सिधा अस्विकार गरे । त्यसपछि गोर्खाली हरुको सम्भावित आक्रमण हुने देखेर जयन्त राणाले उपत्यकाका अरु राजा संग थप सैनिक र हात हतियार माग गरे । तर उपत्यकामा इन्द्र जात्रा को चहलपहल देखेर जय प्रकाश मल्लले जयन्त राणाको माग अस्विकार गरे । उता शंखमणि राणा नुवाकोटको सुरक्षाको लागि तैनाथ थिए । तर पृथ्वी नारायाण शाह , दलमर्दन शाह चौतारा बिष्णु शाह आदिले नुवाकोटमाथि आक्रमण गरे । यसप्रकार दलमर्दन शाहको हातबाट शंखमणिको मृत्यु भयो । यसरि पृथ्वी नारायण शाहले नुवाकोट माथि बिजयी प्राप्त गरे । त्यसपछि नुवाकोट बाट भागेर बेलकोटमा पुगी अड्डा जमाएका सिपाहीहरु माथि गोर्खालीहरुले फेरी आक्रमण गरे । यो आक्रमणमा जयन्त राणा पक्राउ परे । यसरी बेलकोट माथि पृथ्वी नारायण शाहले राज्य कब्जा गरे । यसरि पृथ्वी नारायण शाहले नेपाल एकिकरणको शिलशिलामा कैयौ स्थानलाई नेपालमा गाभे र नेपाललाई चार जात छत्तिस बर्णको फुलबारीको स्थापना गरे ।
तनहुको आक्रमण :नुवाकोट र बेलकोटको बिजयीपछि गोर्खालीहरुले लामिडाडा कब्जा गरे । तर लामिडाडा कब्जा गरेको तनहुका राजालाइ मन परेन । तनहु र गोर्खालीहरुबीच भिडन्त सम्भावना बढ्यो । खोलाको तिरमा लुकेर बसेका गोर्खालीहरुले तनहुका राजा त्रिविक्रम सेनलाइ बन्दि बनाएपछि त्यति नै बेला तनहुलाई गोर्खाली सेनाले कब्जा गरे ।
क्रितिपुरको आक्रमण ः बिस १८१४ मा पृथ्वी नारायण शाहले क्रितिपुरमा आक्रमण गरे । यसमा क्रितिपुरका राजाले काठमान्डौ , भक्तपुर , र ललितपुरका राजासंग सहयोग मागेको हुनाले क्रितिपुरमा उनीहरुको तर्फबाट ३ सय सैनिक थिए । दुवै तपÞर्m बल्खु खोलामा ६ घन्टासम्म लगातार आपसमा लडाइ भयो । यो लडाइमा धेरै गोर्खालीहरु हताहत भए । स्वयम् पृथ्वी नारायण शाह पक्राउ परे । राजा मार्न हुन्न भन्ने धार्मिक मान्यता भएकोले पृथ्वीलाई छाडियो । क्रितिपुरको लडाइमा कालु पाण्डेको मृत्यु भयो । कालु पाण्डेको ठाउमा उनका छोरा बंशराज पाण्डेलाई नियुक्त गरियो र सेनापतिको ठाउमा केहरसिंह बस्नेतलाई नियुक्त गरियो । यसरि बिस १८१६ मा गोर्खाली सेनाले शिवपुरीमा र काभ्रेमाठी बिजयी प्राप्त गर्यो ।
मकवानपुर माथि बिजयी :बिस १८१९ को भाद्र महिनामा बन्शाराज पाण्डे र केहर सिंह बस्नेतको साथमा दलमर्दन शाह, शुरप्रताप शाह , नन्दु शाह, दलजित शाह साथमा भएको ठुलो संख्यामा भएको सेनाले मकवानपुर हमला गरेको थियो । यहा १० घण्टा लडाई चलेको थियो अन्तमा राजा दिग्बन्धन सेनले आत्मसमर्पण गरेका थिए ।

गोर्खा माथिको आक्रमण ः बिस १८२० मा दिग्बन्धन सेन लाइ सहयोग गर्ने निहुमा तनहुका राजा त्रिविक्रम सेन पाल्पाका राजा मुकुन्द सेन तृतीय , काश्किका राजा सिद्दि नारायण शाहको संयुक्त सैनिकले गोर्खाको अधिनस्त रही हर्मी , भिरकोट , छपकोट , चंवागाली देउराली लकाङ्कोट माथि लुटपाट गरे ।

क्रितिपुरमा दोस्रो आक्रमण ः बिस १८२१ को भाद्र महिनामा शुरप्रताप शाह र श्री हर्ष पन्तको नेतृत्वमा क्रितिपुर माथि दोस्रो आक्रमण भयो । तर त्यहाका जनताको बिरोध भएपछी गोर्खा सैनिक पछि फर्कन बाध्य भएका थिए । क्रितिपुर बाट हानेको तिरले शुर प्रताप शाहको आखा फुटेको थियो ।

क्रितिपुरको तेस्रो आक्रमण ः क्रितिपुर माथिको तेस्रो आक्रमण को नेतृत्व काजि बंशराज पाण्डेले गरेका थिए । उनैले चारै तिरबाट गोपुर किल्लालाई घेरी खेतालाको रुपमा केहि सैनिकलाई क्रितिपुर पठाए । यो युद्दमा क्रितिपुरलाइ कहिबाट पनि सहयोग नभएकोले बिस १८२२ चैत्र ३ गते धन्वन्त काजीले गोपुर किल्लामा आत्मसमर्पण गरे ।

काठमाण्डौ उपत्यकामाथिको आक्रमण ः क्रितिपुर गोर्खाको कब्जामा पार्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जय प्रकाश मल्लले ललितपुर र भक्तपुर का राजा संग बैठक गरि गोर्खा सैनिकको बिरुद्द ससक्त सैनिक अभियान गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए । तर ललितपुर र भक्तपुर का राजाले अनुकुल प्रतिक्रिया नजनाएकोले गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुने छ भन्ने ठानी जय प्रकाश मल्लले अंग्रेज हरु संग सैनिक तथा हात हतियारको सहयोग मागे । राजा जय प्रकाश मल्ललाई सहयोग गर्न बिस १८२३ मा सेनापति किनालकको नेतृत्वमा चौबिश सय अंग्रेज सैनिक पूर्वी नेपालको सिन्धुलिगढ़ी हुदै काठमान्डौ तिर बढ्यो । यो कुरा पहिलानै पृथ्वी नारायाण शाहलाई थाहा भएकोले सिन्धुली गढीको रक्षार्थ बिरभद्र पाण्डे ,बिरभद्र उपाध्याय र बंशु गुरुङ्ग्को समूह धुन्गेबास माथि आइपुग्दा बंशु गुरुङ्ग्को सेनाले अग्रेज सेना माथि आक्रमण गर्यो र फेरी पनि उनीहरु रोकिएनन । यसरी अघि बढिरहेको देखेर उनीहरु माथि बंश राज रबिरभाद्र उपाध्यायको सेनाले पौवागढ़ीमा आक्रमण गरेका थिए । यो आक्रमण बाट बच्न अंग्रेज सेना आफ्ना हातहतियार र बन्दुक त्यहि छाडेर प्राण बचाउन जंगल तिर भागेका थिए ।

कान्तिपुर माथि आक्रमण ः पृथ्वी नारायण शाहले उपत्यका लाइ चारैतर्फ बाट घेरी नाका बन्दि गरेकोले उपत्यकामा चरम आर्थिक तथा खाद्द संकट भएको थियो । काठमाण्डौ का राजा जयप्रकाश मल्ल कठोर बिचार भएका , घमण्डी शंकालु प्रवृतिका थिए । आफ्नै रानी र भाइ भारद्वार हरुलाई पदच्युत गरेका थिए । उनले आफ्नै छोरा राज्य प्रकाश लाइ राजा बनाएका थिए व तर कतै बात पनि उनलाई सहयोग र सहानुभूति भएन । आफ्नो शक्ति कायम राख्नउनले बिदेशी सैनिकलाई आफ्नो सेनामा भर्ना गराएकाले कान्तिपुर सैनिकमा र आम सर्बसाधारणमा निराशा छाएको थियो ।

ललितपुर माथि आक्रमण ः बिस १८२५ आश्विन १३ गते इन्द्र जात्राको मौका छोपी पृथ्वी नारायण शाहले नारा देवी , टुडिखेल , र भिमसेन स्थान गरि ३ तर्फ बाट कान्तिपुर माथि हमला गरेका थिए । राजा जय प्रकाश मल्ल भागेर ललितपुरका राजा तेज नर सिंह मल्लका शरणमा पुगेका थिए । बिस १८२५ आश्विन २५ गतेका दिन युद्द चलि रहेका बेला कुनै बिरोध नगरी पतनका राजा तेज नर सिंह मल्लले आत्मा समर्पण गरेका थिए ।

भक्तपुर माथि बिजयी ः काठमान्डौ का राजा जय प्रकाश मल्ल र ललितपुरका राजा तेज नर सिंह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे । राजा रणजित मल्लले आत्मा समर्पण गर्नुको साट्टो अंग्रेज सेनाको सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।

चौबीसे राज्यमाथि आक्रमण ः उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु ः वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्(झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई ’दिव्य उपदेश’ समेत भनिन्छ। “नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ।

जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।“ इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ’मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भयो। यसरी प्रिथिवी नारायण शाहले बाइसे चौबिसे राजा हरुलाई हटाएर आधुनिक नेपालको जग बसालेका थिए। तर बिडम्बनाको कुरा के छ भने २/४ जनाले पृथ्वी नारायण शाहको शालिक तोड्दै हिडेका छन् । उनीहरुले पृथ्वी नारायाण शाहको शालिक तोड्दैमा ईतिहास बदली गर्न सक्दैनन् । यदि पृथ्वी नात्रायाँ शाहले आधुनिक नेपालको परिकल्पना गरि नेपाल एकिकरण नगरेको भए नेपाल नै रहने थिएन ।

त्यसकारण आजका नेताहरुलाई मेरो प्रश्न पृथ्वी नारायाण शाहले आधुनिक नेपालको एकीकरण नगरेको भए तपाइहरु कसको प्रधान मन्त्रि , कसको मुख्य मन्त्रि कसको संसद कसको मेयर हुनुहुन्थ्यो ? त्यसकारण मेरो मात्र नभएर देश नेपाललाई माया गर्ने सबै नेपालीको तर्क भनेको अहिलेको युगमा पृथ्वी नारायण वबकतय नेपाल एकिकरण गर्ने ब्यक्ति लाइ किन रास्त्रपिता घोषणा नगर्ने ? आखिर रास्ट्र पिता पृथ्वी नभएर कसलाई बनाउने हो ? त्यसैले इतिहासको सम्मान गरौ सबै देशमा झैँ हाम्रो देशमा पनि पृथ्वी नारायाण शाहलाइ रास्ट्र पिता घोषणा गरेर भावी सन्ततिमा एकाताको संदेश दिऔ ।
(लेखक क्षेत्रि समाज नेपाल तिलोत्तमा नगरासमितिका अध्यक्ष हुन्)

शेयर