अब घर नक्सा पास भएझै घर निर्माण गर्दा बिधुतिय नक्साको समेत जरुरि भएको एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन् । रुपन्देही बिधुतिय ब्यबसायी संघ बुटवल रुपन्देहीको सातौ बार्षिक साधारण सभाको अवसरमा बोल्ने बक्ता हरुले सो कुरामा जोड दिएका हुन् । नेपाल बिधुतिय ब्यबसायी संघका केन्द्रिय अध्यक्ष तेज नारायाण खरेल को प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभाले बिधुतिय क्षेत्रको बिकृति हटाउदै उपभोक्ताले खोजेको सामान गुणस्तर रुपमा बिक्रि गर्न सबै व्यवसायीलाई सुझाएको छ ।
साधारण सभामा रुपन्देही बिधुतिय ब्यबसायी संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले सम्पूर्ण ब्यबसायिहरु एकजुट भै आफ्नो समस्याको निराकरण गर्न प्रतिबद्द हुन जरुरि रहेको बताएका छन् ।
संघले आफ्नो सातौ बार्षिक साधारण सभाको अवसरमा गत बर्ष एसईईमा उत्कृस्ट हुने रुपन्देहीका निजि तथा सामुदायिक बिद्यालयका ३ जना छात्रछात्रालाइ सम्मान गरेको छ । त्यस्तै गाउ नगर समिति बिचमा राम्रो कार्य सम्पन्न गरेबापत नगर समितिहरुलाई समेत सम्मान तथा पुरष्कार प्रदान गरेको छ । जसमा बिधुतिय ब्यबसायी संघ देवदह खैरेनी नगर प्रथम , बिधुतिय ब्यबसायी संघ शुद्दोदन सियारी दित्तीय तथा बिधुतिय ब्यबसायी संघ तिलोत्तमा नगर समिति तृतीय भएका छन् ।
साधारण सभामा बरिष्ठ उपाध्यक्ष हरिहर ज्ञवाली, निबर्त मान अधय्क्ष सन्दिप कशौधन , शशिधर लामिछाने , कमल पौडेल , माधव पौडेल , पुरुशोत्तम नेपाल लगायतले बोल्दै सबै बिधुतिय ब्यबसायी एक भएर उपभोक्ताको हित र ब्यबसायीको हितलाई परिपुरक मानि अघि बढ्नु पर्ने बताएका थिए । साधारण सभामा विभिन्न जिल्ला तथा नगरका सभापति तथा प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

SHARE