मोहन न्यौपाने। दीपज्योति बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तामा १ को आयोजानामा एकदिने निशुल्क मधुमेह तथा कोल्स्ट्रोल शिबिर सम्पन्न भएको छ । सस्थाका अध्यक्ष हुमनाथ पाण्डेयको अध्यक्षतामा सम्पन्न सो शिविरमा ३सय १५ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

नगरको बिकाशसंगै ग्रामिण स्तरमा भएको यस्तो खालको शिविरले जनतामा स्वास्थ्यप्रति चनाखो हुनु पर्ने निशुल्क शिविरका प्रमुख अतिथि समाजसेवी प्रेम बहादुर भण्डारीले बताए । शंकरनगर दुर्गा दत्त माविको प्राङ्गाण मा सम्पन्न सो शिविरमा संजीवनी प्याथोलोजी प्रालिका बरिष्ठ मेडिकल टेक्नोलोजिस्ट बिनोद ज्ञवालीले मानव स्वास्थ्य परिक्षणको आवश्यकताबारे प्रकाश पार्नु भएको थियो । शिविरमा तिलोत्तमा १ ,२ र ४ का स्थानिय बासिन्दा ले स्वास्थ्यलाभ लिएको कार्यक्रम संयोजक सन्दिप भट्टराईले बताए ।

SHARE