मोहन न्यौपाने। दिदीबहिनी बचत तथा ऋण लगानी समूह तिलोत्तमा ९ नन्दन बन रुपन्देहीको चौथो साधारण सभा सम्पन्न भएको छ । समुहकी अध्यक्ष कमला भण्डारी को अध्यक्षता तथा समाजसेबी इन्जिनियर देवी प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले स्थापनाकालको छोटोसमयमै गरेको प्रगति विवरण पेश गरेको छ ।

बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै समुहकी अध्यक्षले १०० जना घरायसी महिला मिलेर खोलेको सस्थाले स्थापनाकै छोटो समयमा गरेको प्रगतिमा सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेकी थिईन । करिब ७ लाख बराबरको आयव्यय सार्बजनिक गरिएको सो साधारण सभामा काशिनाथ पाण्डे , राम प्रसाद बस्याल , इन्जिनियर सन्जिब भण्डारी , बिनोद गैरे लगायतले बोल्दै घरयासी कामकाज संगै समाज सेवामा पनि अग्रसर बनेको समुहले बचत र सहयोग अनि लगानी गर्ने बाताबरण दिलाएओ प्रति खुसि ब्यक्त गरेका थिए ।
मासिक २०० रुपैया जम्मा गरेर समूह चलाएका सो सस्थामा स्थानिय महिलाले ऋण लिएर लगानी गर्ने समेत समुहकी सचिव मोति भट्टराईले बताइन ।
साधारण सभाको अवसरमा जेष्ठ सदस्य महिला लक्ष्मी अधिकारीलाइ सम्मान गरिएको थियो । सानो सानो बचतलाई ठुलो लगानीको बाताबरण गराउदै लगिने लक्ष्य राखेको सो समुहको साधारणसभाको संचालन सचिब मोति भट्टराईले गरेकी थिईन ।

SHARE