मोहन न्यौपाने। नेपाल गणित समाज नेपालको सातौ राष्ट्रिय सम्मेलन बुटवलमा शुरु भएको छ । पौष २८ गते देखि शुरु भै माघ १ गते सम्म चल्ने सो सम्मेलनका लागि भारत तथा नेपालका गरि २५० बढि प्राध्यापक तथा गणित विषयका प्रोफेशर हरुको सहभागिता रहने स्थानिय आयोजकका तर्फ बाट संयोजक गोपाल आचार्यले बताए। पछिल्लो समय एउटा रिपोर्टका आधारमा शैक्षिक बिषय बाट गणित लाइ हटाउन कोह्जेकोप्रति आपत्ति जनाउदै गणित बिना कुनै बिज्ञान तथा दर्शनको औचित्य नभएको सो सम्मेलनमा सहभागीहरुले जोड दिएका छन् । नेपाल गणित समाजका केन्द्रिय अध्यक्ष डा चेतराज भट्ट , काठमाण्डौ युनिभर्सिटि का डा कन्हैया झा , स्कुल अफ म्याथ म्याटिक्स का डा प्रकाश मान बज्राचार्य , जिबन काफ्ले , लगायत ले बोल्दै बिज्ञान र प्रविधिको आधार गणित भएकाले यसबाट देशको समृद्दी सम्भव रहेको मा जोड दिएका छन् ।
भावी पिढीलाई कमजोर बनाउने देशलाई समृद्दी तर्फा अघि बढाउने भन्ने कुरामा सरकार गम्भीर हुनु पर्ने सो सम्मेलनमा बक्ता हरुले बताएका छन् ।
बुटवल बहुमुखी क्याम्पसमा ४ दिन सम्म चल्ने सो सम्मेलनको अनुमानित लगानी २० लाख रहेको आर्थिक संयोजक पिताम्बर तिवारीले बताए । ७ सय प्रोफेशर तथा प्राध्यापक हरु सदस्य रहेको नेपाल गणित समाज नेपालको बुटवलमा आयोजित सम्मेलनमा गणित विषयका बारेमा १० ७ कार्य पत्र प्रस्तुतगर्ने स्थानिय आयोजकका तर्फबाट प्रचार प्रसार संयोजक तुलसी प्रसाद सापकोटाले बताए । सम्मेलनको आइतबार बिहान प्रदेश न ५ का सामाजी बिकाश मन्त्रि सुदर्शन बराल ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शेयर