बिकास गौतम । फुलबारी बचत तथा ऋण सहकारी संस्थाले नया आगन्तुक सदस्यलाई स्वागत तथा भेटघाट कार्यक्रम गरेको छ । संस्थामा बनेका नया सदस्य तथा प्रबेशिलाई एक कार्यक्रम गरि स्वागत गरेको हो । संस्थाका अध्यक्ष चन्द्रमणी भण्डारीको अध्यक्ष तामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार टंकप्रसाद गैरे, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत अस्टराज गौतम, संस्थाका उपाध्यक्ष रुक्मागत पाण्डे लगायतले सहकारीमा गोलबध्द भएका नवआगन्तुक सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । संस्थाका ब्यवस्थापक नारायण भुसाल र सञ्चारकर्मी बिकास गौतमको संचालनमा भएको कार्यक्रममा सास्कृतिक प्रस्तुतिसङ्गै सदस्यलाई बनभोज समेत खुवाईएको थियो ।

शेयर