युएईमा १५० नेपाली अलपत्र
युएई । कम्पनीको बेवास्ताका कारण युएईमा १५० बढी नेपाली अलपत्र परेका छन् । अबुधाबीको अल वासिता क्याटरिङ्ग एमिरेट्समा कार्यरत उनीहरु सात महिनादेखि काम बिहीन भएर अलपत्र परेका हुन् ।अलपत्र पर्नेहरुमा नेपालीसहित भारत, पाकिस्तान, बंलादेश श्रीलंका फिलिपिन्सलगायत देशका करिब ७ सय कामदार छन् । जसमा १५० बढी नेपाली रहेका छन् । हाल उनीहरु अबुधाबीको मुसाफा आइकार्डको मजदुर क्याम्पमा रहेका छन् । उनीहरु मध्ये धेरैको भिसा सकिएको छ । अलपत्र परेका ६४ जना १८ महिनाअघि सोही कम्पनीमा क्लिनर, कुकलगायतको कामका लागि आएका हुन् । उनीहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् । समस्यामा परेका मध्ये ४५ जनाले भने दूतावासमा पुगेर निवेदन दिइसकेका छन् ।

अमेरिकामा बाबुछोरालाई स्वर्ण र कास्यपदक
अमेरिकारअमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् । अमेरिकाको भर्जि्निया राज्यको मनासस शहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरासंगैले पदक घर ल्याएका छन् । अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । तिलोत्तमा नगरपालिका निवासी कार्की अन्तर्रा्ष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याइरहेका छन् ।

चीनमा २१ कामदारको मृत्यु
चीन । उत्तरी चीनको एक कोइला खानीमाथिको छाना खस्दा कम्तीमा २१ खानीमा कामदारको मृत्यु भएको छ । शान्सी प्रान्तको शेन्मु शहर नजिक रहेको खानीमा दुर्घटना भएको समाचारमा जनाइएको छ । शनिवार भएको दुर्घटनापछि ६६ खानी कामदारहरुलाई उद्दार गरिएको छ । दुर्घटना हुँदा ८७ जना कामदारहरु भित्र काम गरिरहेको बताइन्छ । सरकारी सिन्ह्वा समाचार एजेन्सीका अनुसार छाना खस्नुको कारणबारे अनुसन्धान भइरहेको छ । खानीहरुमा हुने दुर्घटनालाई मध्यनजर गर्दै कोइला उत्पादका सर्तहरुमा सुधार गर्ने र गैरकानुनी खानीहरु बन्द गर्ने प्रयासहरुको बावजुद चीनमा धेरै खानी दुर्घटना हुने गर्छ । चीनको नेशनल कोल माइन सेफ्टी एडमिनिस्टे«नका अनुसार सन् २०१७ ३७५ कोइला खानीसँग जोडिएको मृत्यु भयो । उसका अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा २८.७ ५ ले कम हो ।

१० लाख विदेशीलाई पीआर दिने
सीएनएन– क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थाई बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १५ बराबार मानिसहरु विदेशबाट लिदैंछ । सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ । ‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने ।

SHARE