देशमा मौलाईरहेको भ्रष्टाचार न्यूनिकरणमा केही भएपनि सहयोग पुर्याउने आशामा निर्माण भएको फिल्म १०० कडा १० माघ १८ गते बाट प्रदर्शन हुदैछ । चलचित्रको टोलि यतिबेला देश दौडाहामा छ । फिल्म मार्फत नेता कार्यकर्ता ले समेत ओहो मैले त गल्ति गरेरैछु भन्ने कडा जवाफ र सवाल दिने निश्चित भएको भन्दै यसै चलचित्रका कलाकार तथा निर्माता समेत रहेका राजाराम पौडेल ले बताउदै आएका छन् । उनि भन्छन ” फिल्म हेर्ने बित्तिकै दर्शकले घरमा भएको समान कहाँबाट आयो कसरि किन्नुभयो भन्ने प्रश्न गर्छन ” ।
त्यसो त १०० कडा १० ब्याज जत्ति कडा छ त्यत्तिनै कडा बुटवलमा भएको पत्रकार सम्मेलनमा नायिका करुणा श्रेष्ठ भईन । हेर्दा जति सरल र खुलस्त देखिन्थिन करुणा त्यति नै चिसो मौसममा कडा र हटकेक देखिएकी थिइन् । पत्रकार सम्मेलन शुरु भएको करिब ४५ मिनेट पछि निर्माता रज्जु प्रधानसंगै आएकी उनि आउदा सबैका नजर आफैतिर पार्न सफल भईन । रातो शर्टवानपिसमा आएकी उनलाई जति लुगा कफ़र्टेबल भैरहेको थियो त्यति नै पत्रकार दीर्घामा रहेकालाई असजिलो महसुस भैरहेको थियो ।

संचालकले स्वागत गर्दै सिटमा बस्न आग्रह गरेसंगै केहि पत्रकार जुम मै ब्यस्त भए भने केहि मुख फर्काएर क्यामेरा अफगर्न बाध्य भए । खासै चासो नदिए जस्तै केहिले हेरे तर प्रतिक्रिया देखाएनन तथापि नायिका करुणा आफुलाई केहि असजिलो नमानी मज्जाले जवाफ दीइरहिन । आफ्नो भूमिका डेब्यु भएकाले शसक्त अभिनय गरेको र चलचित्रले आफ्नो कलाकारिताको टर्निङ्ग पोइण्ट सफलताको बाटोमा दोहोर्याउने उनको भनाइ छ । हाइट र मिलेको ज्यानमा मसक्क खुलेकी करुणा नेपाली चलचित्रमा सम्भावना बोकेकी अनुहार समेत हुन । हरेक सवालको मुश्काउदै जवाफ दिने उनको कंफीडेण्ट बोलि र ब्यबहारमा मात्र होइन पहिरनमा समेत देखिएको थियो ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा कलाकार राजाराम पौडेलले नेपाली चलचित्र क्षेत्रले फड्को मारिरहंदा यस चलचित्रले पक्कै समाजमा सकारात्मक प्रभाव पार्ने बताए । उनले देशमा मौलाईरहेको भ्रष्टाचार न्यूनिकरणमा यस चलचित्रले केही भएपनि सहयोग पुर्याउनेमा आफ्नो समूह विश्वस्त रहेको समेत जनाए । चलचित्रका नायक उत्सव न्यौपानेले युवा जमातले देशमा भइरहेको नकारात्मक कार्य रोक्नका लागि खेल्न सक्ने भूमिकाको बारेमा चलचित्रले जानकारी दिने बताउंदै पहिलो चलचित्र भएकाले सबैले आफ्नो अभिनय मन पराईदिने आशा रहेको उल्लेख गरे ।

करिब १ करोड ७० लाख लागतमा बनेको यस चलचित्रको गित दाईलाई कुरा लाईदिने सातो खाईदिने युट्युबमा चर्चित भइसकेको छ । माघ १८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको फिल्ममा रामशरण पाठकको निर्देशन रहेको छ। ३ वटा रिलिज चलचित्र संगै उत्रिएको चलचित्रमा राजाराम पौड्याल, मनोज गजुरेल, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, अमृत ढुंगाना, सोनिया राई लगायत मुख्य भूमिकामा रहेका छन् ।

SHARE