मोहन न्यौपाने, तिलोत्तमा सिटी । यहि फागुन ३ गतेदेखि शुरु हुन गैरहेको ओमसतिया कला सस्कृति खेलकुद तथा कृषि प्रबर्धन महोत्सवको तयारि पुरा हुने चरणमा छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फागुन ३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको सो मेला फागुन ११ गतेसम्म चल्ने आयोजकका तर्फबाट संयोजक शिव कुमार धवलले बताए ।श्री रामजानकी मन्दिर रंगशाला सभाहल ब्यबस्थापन समितिको आयोजनामा हुन लागेको सो मेलामा बिशेसगरि थारु मधेसी भोजपुरी कला सस्कृति र भेसभुसाहरुको प्रदर्शनी , स्टल, खाना , बृहत सास्कृतिक कार्यक्रम अन्तरास्ट्रिय कबड्डी प्रतियोगिता, भलिबल प्रतियोगिता , थारु नाच झुमडा प्रतियोगिता , ओमसतिया डान्स आइडल मार्शल आर्ट तेक्वान्दो पुरुष तथा महिला कुस्ती महा-मुकाबुला प्रतियोगिता, बाल उद्दान, मतका कुवा , कृषि , ब्यापार , उद्योग , अटो प्रदर्शनी बिज्ञान प्रबिधि लगायतको प्रबर्धन गरिने संयोजक धवलले बताए । ओम सतिया-६ नरैनापुर, रंगशालाको प्राङ्गणमा हुने महोत्सवको समुद्घाटन गर्न नेकपाका अध्यक्ष प्रचण्ड आउने भएकाले पनि सो मेलालाइ ऎइतिहासिक दृष्टिकोणले गरिमामय मानिएको छ ।

मेलामा हाल चर्चित बनेका बालगायक अशोक दर्जी , ए आर बुढाथोकी , टंक बुढाथोकी , भोजपुरिका सुपरस्टार गायक नायक तथा भोजपुरी र बिहारी डिजेहरुको समेत उपस्थिति रहने बताइएको छ । नेपालमा तराइ क्षेत्र मै पहिलो मानिएको यस्तो मेलाले स्थानिय भाषा सस्कृति र रहनसहनलाई अझै माथि उकास्न सहयोग पुग्ने आकलन गरिएको छ ।

SHARE