फाल्गुन ३ गते / तिलोत्तमा रुपन्देही एकीकृत विद्यालय संगठन नेपाल रिसनको आयोजनामा तिलोत्तमाको कुन्जलापुरमा आयोजित ३ दिने खेल महोत्सवमा शुक्रबार पनि विभिन्न विधामा खेलहरू सम्पन्न भएका छन । बिहीबारबाट शुरू भएको रिसन खेल महोत्सवमा एथलेटिक्स तर्फको छात्र छात्रा दुवै विधामा सव जुनियर १०० मीटर, जुनियर १०० मीटर तथा सिनियर विधा तर्फको १०० मीटर दौंडको फाईनल प्रतिस्प्रधा सम्पन्न भए भने सव जुनियर तर्फको ५० मीटर दौंडको फाईनल प्रतिस्प्रधाहरू पनि शुक्रबार नै सम्पन्न भएका छन ।

त्यस्तै छात्र छात्रा दुवै विधामा २०० मीटर दौंड प्रतियोगिताको फाईनल प्रतिस्प्रर्धा सम्पन्न भए भने जुनियर, सव जुनियर एंव सिनियर तर्फको फाईनल रिले ४०० मीटर दौंडका फाईनल प्रतिस्प्रर्धाहरू समेत शुक्रवार नै सम्पन्न भएका छन । यसैगरि सिनियर तर्फको सटपुट, सिनियर तर्फकै ज्याभलिंग थ्रो र जुनियर तर्फको ४००,मीटर दौंड प्रतियोगिता समेत शुक्रवार नै सम्पन्न भएका छन ।

छात्र तर्फको भलिबलमा शुक्रबार सेमीफाईनलका खेल सम्पन्न भए भने भोली उपाधीका क्रिस्टल एकेडेमी मंगलापुर र लिटील प्याराडाईज भलवारी भिड्ने छन । भने छात्र तर्फकै तेस्रो स्थानका लागी लिटील स्टार र नमुना बोर्डिंग स्कूल सेमरा बजारले प्रतिस्प्रर्धा गर्ने भएका छन । त्यस्तै महिला तर्फ भने क्रिष्टल एकेडेमी मंगलापुर, लर्डबुद्द बोर्डींग स्कूल, निलगिरी बोर्डिंग स्कूल कान्छीबजार र नमुना बोर्डिङ्ले सेमीफाईनलमा सिट सुरक्षित गरेको खेल संयोजक दिपक खनालले जानकारी दिएका छन ।

शैक्षिक क्रियाकलाप सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई अब्बल बनाउने उद्देश्यले आयोजित खेल सप्ताहको शनिबार समापन हुने कार्यक्रम रहेको रिसन रूपन्देहीका अध्यक्ष मधु प्रकाश ज्ञवालीले जानकारी दिए । खेल सप्ताहमा कक्षा एकदेखि दशसम्मका छात्र छात्रा सहभागी छन । जसमा एक देखि चार, पाँचदेखि सात र आठदेखि दस गरी जुनियर, सव जुनियर र सिनियर गरि विभिन्न ५० विधामा खेलहरु आयोजना गरिएको रिसन रूपन्देही उपाध्यक्ष के.एन. सागर ज्ञवालीले जानकारी दिए ।

अंकका आधारमा खेलहरू खेलाईएको रिसन खेल महोत्सवमा अंकका आधारमा बिजेता घोषणा गराईएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल तथा प्रमाणपत्रले शनिबार एक समारोहका रिसन रूपन्देहीका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । कुन्जलापुरस्थित उमा निमाविको खेल मैदानमा जारी खेल महोत्सवमा मणिमुकुन्द स्पोर्ट्स क्लब बुटवलले प्रविधिक सहयोग रहेको छ । रिसनको दसौं संस्करण अन्रगत जारी खेल महोत्सव शनिबार एक कार्यक्रमका बिच समापन हुने कार्यक्रम रहेको छ ।

SHARE