तिलोत्तमा नगरपालिकाका सस्थागत बिद्यालयहरुको छाता संगठन रुपन्देही एकीकृत बिद्यालय संगठन नेपाल रिसनको आयोजनामा खेल महोत्सब २०७५ सम्पन्न भएको छ । फाल्गुन २ गते बिहिबारदेखि शुरु सो खेल महोत्सवमा यस क्षेत्रका १७ विद्यालयले भाग लिएका थिए ।

तिलोत्तमा नगरपालिका नगर शिक्षा अधिकारि हरि ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न सो खेल महोत्सबमा अंकका आधारमा उत्कृस्ट बिद्यालय तथा बिद्यार्थी हरुलाई शिल तथा मेडल प्रदान गरिएको छ । कक्षा १ देखि ४ सम्म सब जुनियर तह , ५ कक्षा देखि ७ कक्षासम्म जुनियर तह तथा ८ कक्षा देखि १० कक्षासम्मका छात्र छात्रा बिचको ५० भन्दा बढी खेल भएको सो महोत्सबमा एथ्लेक्टिक्स, भलिबल , लम्जंप, हाइजम्प, ज्याब्लिन थ्रो , त्रिपाल जम्प रिले रेस , म्याराथुन लगायतका खेल भएको खेल संयोजक रिसनका कोशाध्यक्ष दिपक खनालले बताए।

३ दिनसम्म चलेको खेल महोत्सबमा छात्रा तर्फ लिटिल प्याराडाइज इन्ग्लिश स्कुल भलवारी अंकको आधारमा प्रथम हुन सफल भयो भने क्रिस्टल नलेज एकेडेमी मंगलापुर र पामिर इण्टरनेशनल एकेडेमी दोस्रो हुन सफल भए । त्यस्तै मणिग्रामको न्यु इन्भारमेण्ट इन्ग्लिश स्कुलले तेस्रो स्थान हासिल गर्यो । त्यस्तै छात्रतर्फ निलगिरी बोर्डिङ्ग स्कुल कान्छीबजार प्रथम , पामिर इण्टरनेशनल एकेडेमी दोस्रो र लर्ड बुद्द ज्ञानज्योति बोर्डिङ्ग स्कुल टिकुलिगढले तेस्रो स्थान हासिल गरेको छ।

त्यस्तै छात्र भलिबल तर्फ क्रिस्टल एकेडेमी मंगलापुर प्रथम र लिटिल प्याराडाइज भलवारीले दोस्रो स्थान तथा नमुना बोर्डिङ्ग स्कुल सेमराबजारले तेस्रो स्थान हासिल गर्यो । त्यस्तै छात्रा भलिबल तर्फा नमुना बोर्डिङ्ग स्कुलले पहिलो स्थान हात पार्यो भने क्रिस्टल एकेडेमी दोस्रो र निलगिरी तेस्रो भए ।

खेल सप्ताहमा तिलोत्तमा नगरपालिका भित्र रहेका १७ संस्थागत विद्यालयका १ हजार २ सय विद्यार्थी सहभागी भएका रिसनका रुपन्देहीका अध्यक्ष मधुप्रकाश ज्ञवालीले बताए । अध्यक्ष मधुप्रकाश ज्ञवालीको अध्यक्षतामा सम्पन्न रिसान खेल महोत्सबमा प्रमुख अतिथि हरि ज्ञवालीले खेल मार्फत बिध्यार्थिहरुमा प्रतिभा प्रष्फुटन गराउन रिसनले खेलेको भूमिकाप्रति धन्यबाद समेत ब्यक्त गरेका थिए ।
सो कार्यक्रममा रिसनका सस्थापक तथा सल्लाहकार डीबी थापा, रिसन रुपन्देहीका सल्लाहकार कमल प्रसाद रेग्मी, बरिष्ठ उपाध्यक्ष दिपक खनाल , के.एन.सागर ज्ञवाली, कोशाध्यक्ष माया थापा, किरण गौतम, ज्ञान बहादुर थापा, उमा निमाविका प्रधानाध्यापक तेज प्रसाद पौडेल , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष छत्र बहादुर दर्लामी , मणिमुकुन्द भलिबल क्लबका अध्यक्ष मिलन राना लगायतको उपस्थिति रहेको थियो । रिसन रुपन्देहीका उपाध्यक्ष केएन सागर ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु खेल महोत्सब समापन कार्यक्रम को संचालन रिसन रुपन्देहीका सचिव लक्ष्मण अर्यालले गरेका थिए ।

SHARE