टिपर दुर्घटनाका खबर दिनहुँजसो आइरहेका छन् । गिटी, बालुवा, इँटालगायत सामग्री ढुवानी गर्ने टिपर आफैं दुर्घटनाग्रस्त हुँदा वा तिनले ठक्कर दिनाले कैयौंको ज्यान गइसकेको छ । केहि दिन अघि मात्रै रुपन्देहीको मणिग्राममा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवा घाइते भएका छन । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने मणिग्राम क्रिम्सन अस्पताल अगाडि भएको दुर्घटनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का मोटरसाइकल चालक १९ बर्षिय रशिस पाण्डे र सोही स्थान निवासी पछाडी सवार १८ बर्षिय धिरज न्यौपाने घाइते भएका हुन ।
प्रदेश न ५ मा मात्रै पछिल्लो अस्रार मसान्त देखि यता टिपरको ठक्करबाट १० जनाको ज्यान गइसकेको छ । टिपरका कारण मानवीय क्षति बढ्दै गए पनि सम्बन्धित निकायले भने अनुगमन–नियमन कडिकडाउ गर्न अग्रसरता लिएको पाइँदैन । चालकको लापरबाही र फितलो नियमन नै टिपरका कारण बाक्लै दुर्घटना हुने प्रमुख कारण देखिन्छन् । प्रायस् अल्लारे चालक हुने र गैरजिम्मेवार ढंगले तीव्र गतिमा कुदाउने हुनाले टिपरले सडकमा आतंक पैदा गरेको देखिन्छ । बढी ‘ट्रिप’ गरेर धेरै कमाउने ध्याउन्नमा चालकहरू अलि खुला सडकमा पुग्नासाथ तीव्र गतिमा टिपर कुदाउने गरेका हुन्छन् । टिपरका कारण भएका दुर्घटनालाई हेर्दा दुईपांग्रे सवारी साधन बढी जोखिममा देखिन्छन । घाइतेको उपचाररभरणपोषणमा लाग्ने खर्चभन्दा कानुनअनुसार तिर्नुपर्ने जरिवाना कम पर्ने आकलनमा ठक्करले घाइते हुनासाथ जानाजान ज्यानै लिने गलत अभ्यास पनि सवारी चालकमा देखिन्छ । त्यसो त दुईपांग्रे चालकको लेन मिच्ने, गलत तरिकाले ओभरटेक गर्ने, सानो बाटो देख्नासाथ गाडी छिराउनेजस्ता प्रवृत्तिका कारण पनि दुर्घटना हुने गरेका छन् । यसका लागि दण्डसजायसमेत पुनरावकलोन गर्दै सवारी सञ्चालन नियमन कडिकडाउ गर्न अत्यावश्यक छ । टिपरजस्ता ठूला सवारीका लागि लाइसेन्स लिने प्रक्रिया, उमेर र अनुभवको छुट्टै तथा प्रस्ट मापदण्ड चाहिन्छ । सडकको अवस्थारक्षमता, सवारी साधनको चापका आधारमा गतिको सीमा र टिपर सञ्चालन हुने समय निर्धारण गर्न जरुरी छ । गति सिमितको नारा ल्याइएपनि ४० भन्दा माथि चलाएका कारण पनि घटना बढेको छ । तीव्र रूपमा गाडी चलाउने, लेन अनुशासन मिच्ने, जथाभावी ओभरटेक गर्ने, गाडी चलाइरहेका बेला मोबाइललगायतमा अलमलिने प्रवृत्ति निरुत्साहित गर्न कडाइका साथ नियमित अनुगमन गनुपर्छ । टिपर चालकसँगै सडक प्रयोग गर्ने अन्य सबै खाले गाडीका चालक, पैदलयात्री पनि अनुशासित, सडक व्यवस्थित र सवारी साधन दुरुस्त बन्न सके सडक दुर्घटना न्यूनीकरण बन्छ ।

SHARE