बुटवल । बुटवलमा जारी २१ औँ संस्करणको तिलोत्तमा गोल्डकपमा क्यामरुनी दाफिन्स फाइनलमा प्रवेश गरेको छ ।
बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुक्रबार भएको खेलमा रुपन्देही ११ लाई शुन्यका बिरुद्ध २ गोलले पराजित गरी क्यामरुनी दाफिन्स फाइनलमा प्रवेश गरेको हो । शुक्रबारको खेलमा रुपन्देही ११ का मनोज श्रेष्ठ म्यान अफ दी म्याच भएका छन । दश खेलाडीमा सिमित हुनुका बावजुद दाफिन्सले आयोजक लाली रुपन्देही–११ लाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा दाफिन्सका लागि दुवै गोल डिडेर टिनाले गरे । उनले खेल शुरु भएको दोस्रो मिनटमै पेनाल्टीबाट पहिलो गोल गरे भने दोस्रो हाफको अन्तिमतिर ८४ औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीलाई निराश तुल्याए । प्रतियोगिता अन्तरगत भोली शुक्रबारको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ । फागुन १३ गतेसम्म चल्ने गोल्डकपको बिजेताले ८ लाख ८० हजार र उपविजेता टोलीले ५ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

SHARE