अस्ट्रेलियाकाे दर्ता खारेज भएर डिप्लोमा नर्सिङ कोर्स बन्द भएको एआइबिटीको पीडा पोख्ने विद्यार्थीलाई कन्सल्टेन्सी सञ्चालकहरूले ज्यान मार्ने धम्की दिएका छन् । मिडियालाई भनेको र धेरैको ‘ब्रेनवास’ गरेको भन्दै आफू र आफ्नो परिवारलाई यस्तो धम्की आएको पीडित विद्यार्थीले बताएकी छिन् । अस्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रममा ती विद्यार्थीले यस्तो बताएकी हुन् ।
के भनिन् ज्यान मार्ने धम्की पाएकी ती विद्यार्थीले ?
‘कन्सल्टेन्सीहरूले नेपालबाट फल्स इन्फर्मेसन दिएर यहाँसम्म लिएर आइपुग्नुभयो । हामीले एआइबिटीको वेबसाइटमा हेर्दा पनि त्यहाँ पहिले अर्कै इन्फर्मेसन थियो । अहिले अर्कै इन्फर्मेसन छ । हामी सबै जना भएर नेपाली मिडियासम्म यो कुरा पु¥यायौँ रवि लामिछानेजीको सिधा कुरा जनतासँगमा । मलाई धेरै नै पर्सनल थ्रेटहरू आइरहेको छ । यो मैले एक्लैले बोलेको छैन ।

मेरो भोइस भनेको पन्ध्र सय बढी विद्यार्थीहरूको भोइस हो । त्यही भएर मेरो घरमा हिजो एक्सपर्ट कन्सल्टेन्सीले फोन गर्नुभएको रै’छ । हुन त उहाँहरू हाम्रै फ्यामिली मेम्बरको कोही आफन्त हुनुहुँदो रहेछ । घरमा फोन गरेर तपाईंको छोरीले यस्तो गर्याे । तपाईंको छोरीलाई यस्तो गर्दिन्छु उस्तो गर्दिन्छु भन्नुभयो । मलाई यस्तो थ्रेट आउँदा मलाईभन्दा मेरो बाबाआमालाई समस्या हुन्छ । मेरो कारणले मेरो बाबाआमालाई केही होस् भन्न म चाहन्नँ ।
मलाई मात्रै होइन, यहाँ भएका धेरै विद्यार्थीहरूलाई पर्सनल थ्रेट आउन थालेको कारणले प्लिज हाम्रो सेक्युरिटीको लागि म हजुरहरूलाई धेरै अनुरोध गर्छु ।’

हजार बढी नेपाली नर्सिङका विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियाको अस्ट्रेलियन इन्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) कलेज नभएर छोटा कोर्स गराउने इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । अस्ट्रेलियामा दर्ता नै नभएर नेपालका कन्सल्टेन्सीहरूबाट भर्ना लिएको उक्त शैक्षिक संस्था कलेज समेत नभएको र सामान्य इन्टिच्युट मात्रै भएको फेला परेको छ ।

कुनै विश्वविद्यालयको सम्बन्धन नभएर नेपालमा छोटकरी सिपमूलक लालिम दिने जस्तै इन्टिच्यूट मात्रै भएको खुलासा भएको छ । तीन बषे डिप्लोमा नर्सिङ कोर्स कुनै विश्वविद्यालयको नभएको पाइएको छ । नेपालको सिटिभइभिटी कोर्स जस्तै अस्टे«लियाको भिइटी अथर्ता भोकेसनल एजुकेसन एन्ड ट्रेनिङ कोर्स हुन्छन् । यस्तैगरि, विदेशी विद्यार्थीहरूको अध्ययनको लागी सिआरआइसिओएस अर्थात् ‘कमनवेल्थ रेजिस्टर अफ इन्टिच्युसन एन्ड कोर्सेस फर इन्टरनेसनल स्टुडेन्ट’ को पनि सम्बन्धन पाउनुपर्छ ।

तर, एआइबिटीले यी दुवै मापदण्ड पुग्नेगरि दर्ता नगरिकन विद्यार्थीहरू ल्याएर भर्ना गरेको थियो । अस्ट्रेलिया सरकारको भिइटी र सिआरआइसिओएसको हेर्ने आधिकारी निकाय एएसक्युए अर्थात् अस्ट्रेलियन स्किल्स क्वालिटी एथोरिटीले दर्ता प्रक्रिया खारेज गरेपछि नेपालीहरू बिचल्लीमा परेका थिए । एएफक्यूएले यही फे्रबुअरी १९ तारिकमा यस्तो गरेको थियो । एआइबिटीको दर्ताका सम्पूर्ण प्रकृयाहरु २६ मार्च भित्र सकिनेगरि एएफक्युएले यस्तो निर्णय गरेको अस्ट्रेलियन मिडियाले बताएका छन् ।

SHARE