????????????????????????????????????

बुटवल । बुटवलमा जारी २१ औँ संस्करणको तिलोत्तमा गोल्डकपमा क्यामरुनी दाफिन्स र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भैरहेको २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा रुपन्देही ११ लाई शुन्यका बिरुद्ध २ गोलले पराजित गरी क्यामरुनी दाफिन्स र दश खेलाडीमा सिमित च्यासल युथ क्लबलाई ३–१ ले हराउदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो । आयोजक लाली रुपन्देही–११ लाई हराउन प्रतिस्पर्धात्मक खेलमा दाफिन्सका लागि दुवै गोल डिडेर टिनाले गरेका थिए । उनले खेल शुरु भएको दोस्रो मिनटमै पेनाल्टीबाट पहिलो गोल गरे भने दोस्रो हाफको अन्तिमतिर ८४ औं मिनटमा दोस्रो गोल गर्दै घरेलु टोलीलाई निराश तुल्याए ।

त्यस्तै च्यासललाइ हराउन पुलिसका लागि बिक्रम धिमालले खेलको १५ र ५७ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल ८० औं मिनटमा रवि पासवानले गरे । खेल शुरु हुनु अघि च्यासललाई जितको हकदार मानिए तापनि दोस्रो हाफको ६० औं मिनटमा कप्तान आमिर श्रेष्ठले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि च्यासल थप दबाबमा पर्न पुगेको थियो । च्यासलका लागि खेलको ९० औं मिनटमा सन्त बहादुर गुरुङले एक मात्र सान्त्वना गोल फर्काए । प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो फाइनल हो । यसअघि पुलिसले गत संस्करणको फाइनल पनि खेलेको थियो । यद्यपि त्यतिबेला विभागीय टिमले थ्रीस्टारसँग उपाधि गुमाएको थियो ।

क्यामरुन र पुलिसको यो खेललाइ एउटा हारजित संग मात्र नभएर दुइ राष्ट्र बिचको मैत्रीपुर्ण सम्बन्ध र समन्वयकारी भूमिकाको एउटा पगरी समेत दिइएको छ । उपाधि देशमै राख्ने कि विदेश लैजाने भन्ने निर्णय सोमबार हुने फाइनल खेलबाट मात्र थाहा हुने हुदा आयोजकले सो रोमाञ्चक खेल अबलोकन गर्न दर्शकलाइ आब्हान समेत गरेको छ । एन्फा टेक्निकल सेन्टर, बुटवलको खेलमैदानमा भैरहेको फागुन १३ गतेसम्म चल्ने गोल्डकपको बिजेताले ८ लाख ८० हजार र उपविजेता टोलीले ५ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

SHARE