तिलोत्तमा गोल्डकपको उपाधी दफिन्सलाई

बुटवल, १३ फागुन । बुटवलमा जारी २१ औ तिलोत्तमा गोल्डकपको उपाधी पाहुना टोली दाउफिन्स क्यामरुङ्गले जितेको छ । सोमबार भएको फाईनल प्रतिष्पार्धमा नेपाल पुलिसलाई सडेनडेथमा ५–४ गोलले हराउदै उपाधि जेतको हो । नेपाल प्रहरीले पटक पटक गोल गर्ने मौका पाएपनि मौका चुकाउदा दफिन्सले उपाधि रक्षा गरेको हो ।
यसअघि पोखरा कप र बुढासुब्बा गोल्डकपको उपाधि जितेको दाउफिन्सले तिलोत्तमा गोल्डकप जित्दै उपाधिमा ह्याट्रिक गरेको हो । नेपाल पुलिसका तर्फबाट पेनाल्टीमा गोल गर्दा दाफिन्सका किपरले रोकिदिएपछि दाफिन्स क्यामरुनका खेलाडी जर्सी न ८ का नाइकोको गोलसगै दाफिन्स बिजयी भएको हो । दोस्रो हाफमा नेपाल प्रहरीका तिर्थ राना मगरले गोल गरे पनि अफसाईड गोल भएको थियो । सडेन डेथमा नेपाल प्रहरीका तेज तामांगको प्रहार गरेको गोल क्रसोले रोकीदिएका थिए । यस्तै जर्सी नम्बर ८ का नियाले प्रहार गरेको गोल रोशन खड्काले रोक्न सकेनन् र जालि चुम्न सफल भयो । यो संगै दफिन्सले उपाधि कब्जा गरेको हो ।
सबैभन्दा ठूलो पुरस्कार राशीको खप्तड कप जितेको पुलिस क्लबले तिलोत्तमा गोल्डकप पाँचौ पटक उचाल्न सकेन ।
रुपन्देही ११ लाई हराएर दाफिन्स र च्यासल युथ क्लबलाई हराएर नेपाल पुलिस क्लबले उपाधि जितेको हो । विजेताले ८ लाख ८० हजार नगदसहित गोल्डकप प्राप्त गरेको छ ।

प्रतियोगितामा बेस्ट गोलाकिप्पर दाफिन्स एफसीका प्रिसो , बेस्ट स्ट्राइकर रबि पासवान , बेस्ट मिड फिल्ड नेपाल पुलिशका हेम तामाङ्ग, बेस्ट डिफ़ेण्डर नेपाल पुलिसका बिक्रम धिमाल, बेस्ट कोच नेपाल पुलिस अनन्त तामांग बनेका छन् । सबै उत्कृस्ट बनेका खेलाडी तथा कोचलाई जनही २५ हजार प्राप्त गरेका छन्प्रतियोगिताको सर्बोत्क्रिस्ट खेलाडी लाली रुपन्देहीका आशिष गुरुङ स्कुटर प्राप्त गरेका छन् ।

उपविजेताले नेपाल पुलिसले ५ लाख ५० हजार नगद प्राप्त गर्ने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए । समापन कार्यक्रममा प्रमुख अतिथि रास्ट्रिय खेलकुद परिषदका केशव कुमार बिस्ट रहेका थिए। प्रतियोगिताको अन्त्यमा जिल्ला फुटबल संघ रुपन्देहीका दिर्घ कुमार केसीले ७१लाख ७२ हजार २ सय बराबरको आर्थिक आयव्यय सार्बजनिक गरेका थिए । प्रतियोगिताले यसबर्ष २ लाख बराबर घाटा व्यहोर्नु परेको अध्यक्षले बताएका थिए ।

SHARE