रुप २३। १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. ले महिला मजदुरलाई तिलोत्तमा ९ मंगलापुरमा सम्मान गरेको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले घरको व्यवस्थापन मिलाएर आर्थिक रुपमा सवल हुदैं गएकोमा महिला मजदुरलाई शुभकामना दिनु भएको छ । संविधानले राखेको मापदण्ड अनुसार अगाडी बढ्न महिलालाई शुभकामना दिनु भयो । साहसी महिलालाई सम्मान गरेकामा संस्था धन्यवादको पात्र भएको बताउनु भयो ।
तिलोत्तमा ९ का मिशु शाहीले अव महिला घरको चुलो चौकोमा मात्र नभएर बाहिर निस्किसकेको र आर्थिक रुपमा सवल हुदैं गएको बताउनु भएको छ ।
सिद्घार्थ यातायात प्रा.लि रुपन्देहीका अध्यक्ष सूर्य कुमार शारुले महिला शिक्षित भएमा घर ,समाज र देश नै शिक्षित हुने बताउनु भएको छ । हाल प्रा.लि ले पनि महिलालाई प्राथमिकता दिएर ४ जना महिला सहचालक रहेको र महिला ड्राइभर आउछन् भने तुरुन्तै नियुक्ती दिेने बताउनु भएको छ ।
संस्थाका उपाध्यक्ष गिरी पुनले ३१ जना युवाले झोलाबाट शुरु गरेको संस्था अहिले तिलोत्तमा १५ कोटीहवामा केन्द्रीय कार्यालय रहेको बताउनु भएको छ । २ वटा सेवा केन्द्र भैरहवा र मंगलापुरमा संचालनमा आएको र पश्चिम अमुवामा पनि छिट्टै संचालनमा आउने बताउनु भयो ।
संस्थाका कोषाध्यक्ष सरु रानाले यस्ता विभिन्न कार्यक्रम सामाजिक क्रियाकलाप अन्र्तगत हुने बताउनु भएको छ । सामाजिक क्रियाकलाप अन्र्तगत यस आर्थिक वर्षमा ६,५०००० (छ लाख पचास हजार) छुट्टाएको बताउनु भयो । १४ हजार सेयर सदस्य रहेको संस्थामा हाल कुल पुजी १ अरब १८ करोड रहेको जानकारी दिनु भएको छ ।
जनउत्थान साकोसले रुपन्देही जिल्ला भित्र रहेका महिला सहचालक , महिला ई रिक्सा चालक ,घर बनाउने महिला मित्रीलाई सम्मान गरेको जनगत्थान सिस्र्टस क्लवका संयोजक केश कुमारी लुईटेलले बताउनु भएको छ । संस्थालले यस्ता कार्यक्रमहरु दिवसमा मात्र नभएर अरु बेला पनि गरीरहेको बताउनु भयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष गिरी पुनको अध्यक्षता , प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको प्रमुख आतिथ्यता , सिस्र्टस क्लवका संयोजक केश कुमारीको स्वागत र व्यवस्थापक रन बहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।

SHARE