बिगत ६ बर्षदेखि लायन्स इण्टरनेशनल मार्फत १८ देखि ३० बर्ष उमेरका युवायुवतीहरुको एउटा सामाजिक क्लबमा लागेका लियो क्लब ३२५ बि २ का हालका उपाध्यक्ष सरोज कंडेल अहिले चर्चामा छन् । क्लबको जिल्ला परिषदको सातौ महाधिबेशनले सरोजलाई मात्रै होइन अहिले देशभरका युवाहरुलाई तताएको छ । एउटा ऎतिहासिक तथा पर्यटकिय एबम धार्मिक पर्यटनको आधार पनि मानिएको यो अधिबेशनले आगामी कार्यकालकोलागि नया कार्यसमिति चयन गर्दैछ । यसको तयारी के कस्तो छ ? र अध्यक्षमा एस भोटको लागि तपाइको उम्मेदवारी किन ? भन्ने बिषयमा हालका उपाध्यक्ष तथा आगामी बर्षका जिल्लापरिषद ३२५ बि २ नेपालका अध्यक्ष सरोज कंडेलसंग गरिएको कुराकानी :


सरोज जी स्वागत छ ।
धन्यबाद, सर्बप्रथम स्थानिय लेबलामै स्थापित भएर छोटो समयमै चर्चापाउन सफल तिलोत्तमा सिटी अनलाइनलाइ !

खासमा के हो यो लियोको सातौ महाधिबेशन ?
खासमा लायन्स क्लब इण्टरनेशनल ३२५ बि २ नेपाल अन्तर्गत रहेर १८ देखि ३० बर्ष सम्मका युवा जो सामाजिक सेवामा क्रियाशील हुन चाहानु हुन्छ उहाहरुको एउटा समस्त संगठन हो, यो क्लब कुनै राजनीति , धर्म , बर्ग , लिङ्गसंग सम्बन्ध नराखी बिशुद्द सामाजिक सेवामा लाग्ने हरुको सस्था हो यसै अन्तर्गत अहिले हामी देशभरका ३२५ बि २ अन्तर्गत रहेर स्थापित १०८ क्लबका लगभग ५०० सदस्यमाझ रहेर तिलोत्तमा नगरपालिकाको नयामिल स्थित लक्ष्मी होटलमा यहि चैत्र २ गते भब्य कार्यक्रम सहित सातौ लियो महाधिबेशन सम्पन्न गर्दैछौ जसको सम्पूर्ण तयारी पुरा भएको छ । तथापि यो भन्दैगर्दा हामीसंगै लायन्स इन्टरनेशनलको समेत ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा लगभग २२ सय उपस्थितिमा महाधिबेशन सम्पन्न हुदैछ ।

के के हुन्छ यो महाधिबेशनमा ?
यो महाधिबेशन लियो र लायन्सको लागि ठुलो पर्व पनि हो । यसमा हामी बिचको आपसी सम्बन्ध , भेटघाट र चिना परिचय त सामान्य हुन्छ नै तथापि सबै लियो लायन्सका लागि सिपमुलक नेतृत्व बिकाश , व्यक्तित्व बिकास सम्बन्धि तालिम , आगामी कार्यकालको योजना र सोहि कार्यकालको लागि नया कार्यसमिति चयन हुन्छ र विभिन्न राम्रो उत्कृस्ट कामगर्ने क्लबहरुमा पुरष्कार बितरण समारोह समेत हुदैछ । लियो र लायन्स गरि २५ देखि २६ सय सहभागी हुदैछन यो ठाउमा ।

किन दिनुभयो अध्यक्षमा उम्मेद्वारी ?
खासमा लियोको बिधान अनुरुप हामी हिड्नुपर्छ, जसको मान्यता अनुसार अघिल्लो बर्ष मा उपाध्यक्ष भैरहदा अबको बर्ष भनेको प्रोटोगल अनुसार म यो पदमा उम्मेदवारी दिएको छु तर उम्मेद्वारीसंगै ५१ प्रतिशत भोट भने मेरा लागि आवश्यक छ ।

किन दिने त्यसो भए तपाइलाइ यस भोट ?
निकै सान्दर्भिक प्रश्न गर्नुभयो ! हामीले देशकै नेता चुन्दा समेत जो काम गर्न सक्छ , जसले जनताको हित र हक अधिकारको लागि आवाज उठाएर प्रक्रिया समेतलाइ ध्यानमा राख्दै जनताको आवश्यकता पुरागर्न सक्छ, त्यस्तो व्यक्तिलाई भोट दिईने हुनाले त्यो हरेक नेतृत्वमा लागु हुन्छ , तर हामी त क्लब त्यसमाथि पनि सामाजिक सेवा गर्न आएका हौ, त्यसैले पनि मलाइ किन १०० प्रतिशत भोट भन्ने सवालमा मेरो राय के छ भन्दा म आफै ६ बर्षदेखि निरन्तर लियोमा साधारण पदबाट हाल आएको उपाध्यक्ष पदसंगै नजिक रहेर सबै क्लबको दृष्टान्त थाहा भएको व्यक्ति हु , किनकि मैले लियोको समस्या , समाधानको उपाय , र विभिन्न सामाजिक सेवासंग नजिकबाट परिचित भैरहेकाले पनि मलाइ आफु योग्य छु भन्ने लाग्छ । त्यसो त मेरो योजना भनेको सर्बप्रथम देशभर छरिएर रहेका ३२५ बि २ नेपालका क्लबलाई सामाजिक सेवा प्रति उत्प्रेरित गर्ने ब्यबस्थापन गर्ने , स्तर बृद्दी गर्ने , संगै हरेक क्लबका सदस्यहरुमा नेतृत्व बिकाश र व्यक्तित्व बिकाशलाई मध्यनजर गर्दै अगाडी बढाउन मद्दत गर्ने र हाम्रो देश अहिले स्थानियतहमा जादैगर्दा स्थानिय तहसंगको सम्बन्ध हरेको लियो क्लबमा समन्वय र स्थापित गर्ने लक्ष्य छ । त्यस्तै अन्य देशका यस्तै लियो क्लबसंग सम्बन्ध बनाइ देशकै पर्यटनलाइ समेत टेवा दिने उदेश्यले अगाडी बढ्दै छौ । त्यस्तै क्लबले बिस्तार गरेको योजनाको संचालन, अनुगमन तथा ब्यबस्थापनलाइ जोडदिदै लायन्स संगको सम्बन्ध प्रगाढ गराउन हरदिन प्रयास गर्ने छु ।

यो महाधिबेशन संग तिलोत्तमा को सम्बन्ध के छ ?
सहि प्रश्न गर्नुभयो , पहिलो सम्बन्ध भनेको म आफै तिलोत्तमा नगरबासी हु , त्यसपछि यहाको समग्रकार्यमा लियो जहासुकै भएकाले पनि र यहाको धार्मिकक्षेत्र , पर्यटकियक्षेत्रको भ्रमण समेत देशाभारिका लियो साथीहरुको चाहना भएकोले यसक्षेत्रमा रहेको सबै पर्यटकिय क्षेत्रको प्रबर्धन गर्न हामी तत्पर छौ ।

महाधिबेशन को तयारी सकियो ?
एकदमै , अब हामी ९५ प्रतिशतको नजिक छौ, तयारी पुरा भैसकेको अवस्था छ , तथापि सोहि दिनकै ब्यबस्थापनको लागि आजै गरेर नहुने हुदा अन्य अगाबै भ्याउनु पर्ने सबैकाम हामीले सम्पन्न गरेका छौ । हामी समग्र साथीहरुलाई बस्ने खाने सुबिधा अनि मंच ब्यबस्थापन , अन्य मसलन्द लगायतका सबै तयारी पुरा भएको छ । त्यसो त हाम्रो मेनहाइवेको आकाशेपुल तथा बाटोको छेउछाउमा समेत ब्यानर टासेर स्वागत तथा प्रचारप्रसारलाइ तिब्र बनाएका छौ ।

अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा यहालाई धन्यबाद ! यो लियो तथा लायन्सको मात्रै कार्यक्रम नभएर यहाको र हामी सबैको कार्यक्रम भएकाले सबैले यो सामाजिक कार्यलाई उत्प्रेरणा दिनुहुन सबैलाइ आग्रह गर्दछौ । यहि चैत्र २ गते सम्पन्न हुन गैरहेको यो भब्य तथा सभ्य समारोह तथा महाधिबेशनको पुरा सफलतामा यहाहरुको सहयोग रहने छ भन्ने बिश्वास लिएको छु । धन्यबाद !!

SHARE