यहि चैत्र २ गते तिलोत्तमा नगरपालिकाको नयामिल स्थित होटल लक्ष्मीमा सम्पन्न हुन गैरहेको लियो सातौ महाधिबेशनको तयारी पुरा भएको छ । एरिया ४ अन्तर्गत ब्यबस्थापन को जिम्मा पाएको सो क्लबको महाधिबेशनको तयारी ९५ प्रतिशत पुरा भएको एरिया को अर्डिनेटर सुदिप बेलबासेले बताए । लियो र लायंश गरि लगभग २५ देखि २६ सयजनाको उपस्थिति रहने सो महाधिबेशनले लायन्सको छुट्टै तयारी लायन्सले आफै गरेको छ भने लियोको तयारी पुरा भएको बेलबासेले बताएका छन् ।

स्वागत गेटदेखि हाइवे स्वागत एबम प्रचार प्रसार, पर्चा पम्प्लेट , खाना आवाश तथा सबै ब्यबस्थापनको जिम्मा सकिएको र तयारी समेत पुरा भएको उनको भनाइ छ । लियो ३२५ बि २ अन्तर्गत देशभरी १०८ भन्दा बढी क्लबका सहभागी सो महाधिबेशनमा उपस्थित हुन लागेका हुन् । महाधिबेशनले आगामी बर्ष २०१९/२० को लागि नया कार्यसमिति चयन र योजना समेत निर्माण गर्ने छ । लायन्स र लियो ओ सो महाधिबेशन ब्यबस्थापनमा करिव १ करोड खर्च हुने लियो संयोजक सुदिप बेलबासेले बताएका छन् । महाधिबेशनमा लायन्सको ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा हुने छभने सोहि दिन लियोहरुको सम्मेलन लक्ष्मी होटलमा हुने आयोजकले बताएको छ ।

SHARE