मोहन न्यौपाने,चैत्र १ बुटवल । गुल्मीको समग्र चिनारी झल्केको रमाइलो रोइला गीत गुल्मी सार्बजनिक भएको छ । बुटवलमा सम्पन्न एक कार्यक्रमका बीच प्रदेश न. ५ का सामाजीक बिकाश मन्त्री सुदर्शन बरालले क्लिक गर्दै युट्युबमा गीत रिलिज गरेका हुन् । गुल्मी बोलको रोइला भाकामा ल्याइएको सो गीतलाई समग्र गुल्मीको पहिचानको रुपमा हेरिएको छ ।

लोक भाका तथा दोहोरीले समग्र देशको बिकाश र समाजको दर्पनको रुपमा काम गर्ने भएकाले जनतालाई सुसुचित गर्ने र समाजलाई सकारात्मक दिशामा अघि बढाउने खालको संगीत रचना गर्न मन्त्री बरालको सुझाव छ । गीत बिमोचन कार्यक्रममा बोल्दै उनले देशको पर्यटकिय धार्मिक तथा सास्कृतिक परम्पराको चिनारी दिने खालका गीतले समाज परिबर्तान्मा ठुलो भूमिका खेल्ने बताए । गुल्मी बोलको रोइला गीतलाई आकाश दर्पण क्रियशनले बजारमा ल्याएको हो भने गीतमा दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ ।

प्रेमराज खरेल र दीपक परियारको शब्दमा दिपक स्वयम् ले संगीत भरेको सो रोइला गीत गुल्मीको म्युजिक भिडियोलाई रबिन बि.क. र रमेश रसाइलीले सम्पादन गरेका हुन् । बिजय पोख्रेलले क्यामेरा घुमाएको सो गीतमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फोर एस मिडियाको निर्माणमा रहेको गीतको निर्देशन शिव बिक ले गरेका छन् ।

चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा सम्पन्न बिमोचन कार्यक्रममा अध्यक्ष सुमन श्रेष्ठ , प्रमुख अतिथि प्रदेश न. ५ का सामाजिक बिकास मन्त्री माननीय सुदर्शन बराल , गीतकार शिव पी. सुबेदी, गायक दिपक परियार लगायतले बोलेका थिए । सो बिमोचन कार्यक्रमको संचालन मोहन न्यौपानेले गरेका थिए ।

SHARE