तिलोत्तमा सिटी । नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवाले सिके राउतसंगको सहमतीपत्र नै नपढी अपरिपक्क प्रतिक्रिया सार्वजानीक गरेको टिप्पणी गर्नुभएको छ । प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले सभापतिले हचुवा र हतारमा प्रतिक्रिया दिएको बताउनु भयो ।

सरकार र स्वतन्त्र मधेस समुह बिच भएको सहमती लगत्तै कांग्रेस सभापति देउवा र प्रवक्ता बिश्व प्रकास शर्माले सहमतिलाई सकारात्मक भन्दै प्रतिक्रिया ब्यक्त गर्नुभएको थियो । तर त्यसको भोलि पल्टदेखि नै अन्य कांग्रेस नेताहरुले सहमतिको बिरोध गर्दै आएका छन् । पौडेलले राउतसंगको सहमतीले सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेकोआरोप लगाउँदै सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै गम्भिर नभएको शङ्का उत्पन्न गरेको बताउनुभयो ।

नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीबाट दुस्प्रचार भइरहेको पौडेलको आरोपलगाउँदै सरकारले संसदबाटै यसको तत्काल निवारण गर्नुपर्ने धारणा राख्नुभयो।

SHARE