तिलोत्तमा सिटी , चैत्र । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशमा आउने कर्मचारीका लागि अवसरै अवसर रहेको बताएका छन्। केन्द्रमा रहँदा बढी सुरक्षित हुने ठानेका कर्मचारीले एक वर्षपछि ठूलो पछुतो मान्नुपर्ने बताए।प्रदेश ५ सरकारले प्रदेशमा समायोजन भएका कर्मचारीहरुलाई शुक्रबार पदस्थापना गराउँदै प्रदेशमा आएका कर्मचारीका लागि संघमा भन्दा धेरै अवसर रहेको बताए।

‘अहिले अनौठो लाग्छ, एक वर्षपछि केन्द्र बस्नेहरुलाई पछुतो हुन्छ’ मुख्यमन्त्री पोखरेलले भने।उनले प्रदेशमा आएका कर्मचारीहरुलाई क्षमता विकास र आफ्नो दक्षता देखाउने अवसर रहेको बताए। उनले भने, ‘हामीले पारिवारिक वातावरणमा काम गरेका छौं, तपाईलाई समस्या भयो भन्नुस्, त्यसको दायित्व हामी लिन्छौं।’ सवैधानिक अधिकारको हिसाबले प्रदेश सरकार नै बलियो रहेकाले भविष्यमा केन्द्रमा रहेका कर्मचारीहरु कामविहीन हुनुपर्ने बताए। कर्मचारी समायोजजनका बेलामा प्रदेश रोज्न हिचकिचााका कर्मचारीले अहिले नै पछुतो मान्न थालेको मुख्यमन्त्रीको भनाइ छ।प्रदेश तहमा आउँदा अभिकृत तहको कर्मचारीले निति निर्माणमा राजनितिक नेतृत्वसँग प्रत्यक्ष जोडिने भएकाले यसको ठूलो अवसर पैदा गरेको बताए।

SHARE