तिलोत्तमा सिटी । प्रदेश पाँच सरकारले अगाडि सारेको उत्पादनमा सहयोग पु¥याउन स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि प्रदेशका ५२ वटा गाउँ छनौट कार्य सम्पन्न भएको छ ।प्रदेश अन्तर्गत १२ जिल्लामा ५२ वटा गाउँ प्रदेश सांसदहरुको सिफारिसमा प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक अध्ययन पछि छनौट गरेको हो । प्रदेश सरकारले बनाएको मापदण्डमा एउटा गाउँमा कम्तीमा ५० घर हुनुपर्ने, तराइमा ५० विगाहा तथा पहाडमा दुई सय ५० रोपनी जग्गा हुनुपर्ने गरी मापदण्ड बनाइएको र ती मापदण्ड पुरा भएका गाउँहरु छनौट भएको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताउनुभयो ।

छनौट भएका गाउँमा बढीमा दुईवटा बाली तथा वस्तु (पशुपालन) लाई प्रथामिकतामा राख्नुपर्ने ब्यवस्था गरिएको छ । पशुपालन गरेपनि दुइ थरी र खेती गर्ने हो भने पनि दुई वटा बालीलाई उच्च प्रथामिकता दिएर काम गर्नुपर्ने मापदण्ड रहेको छ ।एउटा गाउँलाई ५० लाख बजेट उपलब्ध गराउने गरी २६ वटा गाउँका लागि प्रदेश सरकारले २६ करोड बजेट छुट्टयाएको छ । छनौट भएका गाउँका किसानलाई प्रदेश सरकारले ५० लाख उपलब्ध गराउने र सो बजेटमा किसानहरुले थप १० लाख लगानी गरेर कृषि गर्न सक्ने ब्यवस्था गरिएको छ । यस वर्षका लागि २६ करोड बजेट छुट्टयाएको प्रदेश सरकारले यो कार्यक्रमलाई आगामी चार वर्षसम्म निरन्तरता दिने बताएको छ ।हाल छनौट भएका गाउँहरुमा यो कार्यक्रम सुरु गर्न आवश्यक योजना निर्माणमा किसानहरु जुटेको वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताउनुभयो ।

SHARE