मोहन न्यौपाने ।  तिलोत्तमा नगरपालिकाको सशक्त अभियान नगर सरसफाई तथा हरियाली प्रबर्धन अभियान ३७ औं शृंखला मंगलापुर चोकबाट शुरु हुने भएको छ। ३७ औ शृंखलासम्म आइपुग्दा स्थानिय बासि हरु अझै सरसफाई प्रति हौसिएका छन् भने अब स्वास्थ्यका लागि सरसफाई भन्ने जनचेतना पनि यसअघिका उपस्थित मानवसाङ्लो द्वारा स्पस्ट देखिएको छ ।

तिलोत्तमा नगरपालिकाको आह्वानमा मंगलापुर चोकदेखि बिहान ७ बजे शुरुहुने सो सरसफाई अभियानमा ६ लेन सडक वरिपरि र सबै वार्ड नगरका गाउशहरमा घरेलु सरसफाइका औजार सहित आउन नगरपालिकाले अनुरोध समेत गरेको छ । नगरपालिकाले हाइवेमा मात्र नभएर सबै वार्ड भित्रका स्थानमा समेत टोलबिकाश तथा युवा क्लब, आमा समूह, संघ-सस्था लगायत घरधनीहरुमा सो कार्यमा उपस्थित भै आफ्नै स्वास्थ्यमा जागरुक बन्न आग्रह समेत गरेको छ ।

हरेक महिनाको १ गते र १५ गते गरिदै आएको यो अभियानलाइ निरन्तरता दिदै यहि चैत्र १५ गते शुक्रबार अपनी सो अभियान मंगलापुरबाट अभियान संचालन हुदैछ । सरसफाई कार्यक्रममा मानब साङ्ग्लोका रुपमा नगरपालिकाले सबै स्थानियहरुको सहभागितामा सो कार्यक्रमको आयोजना गर्दै आएको छ । अभियानमा नगरका सबै वडाका क्लब , संचार क्षेत्र , स्थानियबासि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, टोल विकास संस्था, विभिन्न विद्यालय, सहकारी संस्था सहित जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीहरुको उल्लासमय सहभागिता रहदै आएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

SHARE