मोहन न्यौपाने  । नेपाली चलचित्र क्षेत्रमै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् प्रदिप कुमार उदय । चलचित्र निर्माता एबम चलचित्र संघका अध्यक्ष र हालै मात्र प्रदीश ५ को राप्रपा अध्यक्षमा निर्बाचित भएका प्रदिप कुमार उदय नेपाली चलचित्रलाई माया गर्ने मध्ये औलामै गन्न सकिने निर्माता हुन् । यस बर्ष रिलिज फिल्म बढिजसो शुक्रबार नै भए । सबै फिल्म लाई उत्तिकै माया र साथ् दिदै गए उदय । तर भोलि देखि लाग्ने फिल्म लाई आजै शुभकामना दिने उदयले चैत्र १५ गतेको शुक्रबारलाई भने आफ्नै फिल्म भित्र मात्रै थाति राखे । सधै एकनाशले रिलिज हुन लागेका फिल्म लाई एक दिन अगावै मज्जाले शुभकामना दिदै आएका प्रदिप कुमार उदय बर्षको एक दिन चाहि आफ्नै लागि स्टाटस पोस्ट्याए । हुन त छरछिमेक सबैलाई माया लागेपनि आफ्नै छोरा या छोरीको अल्लि बढि माया लाग्ने गरि हेर्ने उदयले चलचित्र सबैलाई उत्तिकै माया गरिएको देखिएको छ । तथापि उनले आफै निर्माण गरेको फिल्म शुभलभ को पनि यहि समयमा फिल्म साईलीसंग हुने भिडन्तमा उनि निर्माताकै रुपमा खरो उत्रिएका छन् ।
न उत्रिउन पनि कसरि ? पछिल्लो समय नेपाली फिल्मको बजारमा निकै गिरावट पनि आएको छ। बर्षमा ३ देखि ५ ओटा मात्र फिल्मले लगानी सुरक्षित गर्ने गरेको छ । यसै सन्दर्भमा समसामयिक कथासंगै दर्शकलाई नयाबर्षको उपहार स्वरुप निर्माण गरिएको फिल्म शुभ लभ युट्युव मा समेत रिलिज नहुने भएपछी दर्शका लागि नहेरी नहुने फिल्म बनेको छ । ज्योतिष बाट एकाएक करोडौको मन जितेका हरिहर अधिकारि को आफ्नै कथा भएकाले पनि फिल्म चल्नेमा निर्माता उदय ढुक्क छन् ।

सन्तोष बाबु लोहनिले निर्देशन गरेको फिल्म ‘शुभ लभ’मा हरीहर अधिकारी, क्रिस्टिन पौडेल, डा.सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता समेत रहेका प्रदीप कुमार उदयले वितरण गर्दै छन । धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा नायक अधिकारीकै कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

SHARE