हावाहुरी पीडितलाई तिलोत्तमाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट चार लाख सहयोग

तिलोत्तमा, । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बारा, पर्सालगायतका जिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि चार लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ । नगर प्रमुख बासुदेव घिमिरेल आज एक विज्ञप्ति जारी गर्दै हावाहुरीकोघटनाबाट पीडित परिवारको उद्धार तथा राहतका लागि नगरपालिकाका जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी, शिक्षकहरुको तर्फबाट एक दिन बराबरको तलबभत्ताबाट चारलाख मुख्यमन्त्री राहत कोषमा तत्काल पठाउने निर्णय गरिएको जनाउनु भएको छ । चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भीषण हावाहुरीका कारण बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोघटनाप्रति तिलोत्तमा नगरपालिका स्तब्ध भएको छ ।’विज्ञप्तिमा भनिएको छ, हावाहुरीका कारण घर तथा इँटाभट्टा भत्केर, बिजुलीका पोल लडेर, सवारीसाधन पल्टेर भएको यस अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरुप्रति यस नगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’ विज्ञप्तिमार्फत् नगर प्रमुख घिमिरेले यस दुःखद् घडीमा घाइतेहरुको उपचार,पीडित परिवारको उद्धार तथा राहतको काममा जुट्न सम्पूर्णमा अपिल समेत गर्नुभएको छ ।

SHARE